मालदिभ्सका पूर्व राष्ट्रपतिमाथि बम हमला « Khabarhub

मालदिभ्सका पूर्व राष्ट्रपतिमाथि बम हमला


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते भएका छन्।

माल्दिभ्सको संसद्‌का बहालवाला सभामुख पनि रहेका नाशिदमाथि हमला भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

राजधानी मालेको निलोआफरु मागु इलाकामा उनी चढेको कार नजिकै विष्फोट भएको थियो।

मालदिभ्स प्रहरीले ट्विटमार्फत घटनाबारे जानकारी दिँदै घाइते भएका नाशिदको एक अस्पतालमा उपचार भइरहेको जनाएको छ।

अस्पतालका अनुसार मोहम्मद नाशिदलाई धेरै ठाउँमा चोट लागेको छ तर उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ। उनका समर्थकहरु अस्पतालबाहिर भेला भएका छन्।

माल्दिभ्सका हालका राष्ट्रपति इबु सोलिहले एउटा ट्वीटर सन्देश लेख्दै प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन थालेको जानकारी दिएका छन्।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ११ : १६ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६