कागती पानी पिउँदा मिल्छ यस्तो लाभ « Khabarhub

कागती पानी पिउँदा मिल्छ यस्तो लाभ



कागती हिमाल, पहाड, तराई जहाँ पनि पाइने फल हो । आमिलो बर्गको फलफुलमा पर्ने यो फल पौष्टिकताको दृष्टिले अति महत्वपुर्ण मानिन्छ ।अचार, तरकारी दाल सर्वतलगायत अन्य थुप्रै परिकारको गहनाको रूपमा परिचित यो फल स्वास्थ्यको दृष्टिले विशेष महत्व राख्दछ ।

कागती भिटामिन ‘सी’ को उपुक्त र सर्वसुलभ स्रोत हो । यो फल खाने गरेमा यसले तौल घटाउन ठूलो सहयोग पुर्‍याउँदछ । कागतीमा भएको भिटामिन ‘सी’ प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्दछ । रक्तसञ्चारसँग जोडिएका समस्या, मधुमेह, आँखाको समस्याबाट बच्न पनि कागतीले महत्वपूर्ण भूमिका खेल्दछ । विशेषगरी, बिहान खाली पेटमा कागती पानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।

१ . कागतीमा प्रशस्त पाइने भिटामिन ‘सी’ ले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउदछ ।

२. कागती स्वादमा अमिलो भए पनि यसको अमिलोले शरीरलाई कुनै हानी गर्दैन । कागती पानीको नियमित सेवनले शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।

३. कागतीमा पेक्टिन फाइबर धेरै हुने भएकाले ठूलो-आन्द्रालाई स्वस्थ राख्न मद्दत गर्दछ। कागतीमा शक्तिशाली एन्टिब्याक्टेरियल गुण पनि छ ।

४. बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विजातीय द्रव्य निष्काशनमा सहयोग पुग्छ ।

५. कागती पानीले पाचन क्रियालाई पनि मजवुत वनाउन सहयोग गर्दछ ।

६. कागती क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसीड र फस्फोरसको राम्रो स्रोत हो ।

७. कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

८. रुघाखोकीको उपचारमा पनि कागती पानीले फाइदा पुर्‍याउँदछ।

९. मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरूलाई स्वस्थ राख्न पनि कागतीले विशेष भूमिका खेल्दछ ।

१०. कागतीले युरिक एसीडलाई समन गर्न मद्दत गर्दछ।

११. कागतीले रक्ताचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।

१२. कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

१३. हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन । बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । मृगौलाको पत्थरी झार्न सहयोग गर्दछ ।

१४. कागती पानीको नियमित सेवनले बढेको तौल घटाउन पनि मद्दत गर्दछ ।

१५. छालाका दाग धब्बा हटाएर छालालाई चम्किलो बनाउदछ।

१६. मुखको दुर्गन्ध नाश गर्दछ । छालालाई चम्किलो बनाउदछ ।

१७. असमायिक बुढ्यौली हुन दिँदैन ।

१८. कलेजो, मृगौला र रगतलाई सफा गर्दछ ।

१९.  पिएको केही समयमा नै शक्ति प्रदान गर्दछ ।

२०. तनाब, चिन्ता र उदाशिनता कम गर्न मदत गर्दछ ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर, वागीश्वरी, चितवनका मेडिकल डाइरेक्टर हुन्

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ५ : ५५ बजे

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको