प्रदेश- २ को बजेट अधिवेशन आज, ठाकुर पक्षले अवरुद्ध गर्ने « Khabarhub

प्रदेश- २ को बजेट अधिवेशन आज, ठाकुर पक्षले अवरुद्ध गर्ने


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेश २ को बजेट अधिवेशन आज सुरु हुँदैछ । पदेश प्रमुख राजेश अहिराजले पाँचौं अधिवेशनको अन्त्य गरी छैठौं अर्थात् बजेट अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवालयले आज १ बजे बैठक डाकेका छन् । बैठकमा नवनियुक्त दलका नेतालाई शुभकामना र प्रि-बजेट छलफल हुने कार्यसूची छ ।

प्रदेशमा जनता समाजवादी पार्टीको सरकार छ । पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष संघीय सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले आइतबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश संसदीय दलका नेता चयन गरेका छन् ।

उनले विधान समेत बहुमत संसद्को हस्ताक्षरसहित पारित गरेका छन् । आइतबार राति नै राउतले ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त पनि गरेका छन् ।

ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरिएका कारण उनी पक्षीय सांसदले प्रदेशसभा बैठक अवरुद्ध पार्ने सम्भावना छ । प्रदेश सरकार जेठ २७ मा नीति तथा कार्यक्रम र अगामी असार १ मा बजेट ल्याउने तयारीमा जुटेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १२ : ०५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु