लुम्बिनीमा नीति तथा कार्यक्रम भोलि सार्वजनिक हुँदै « Khabarhub

लुम्बिनीमा नीति तथा कार्यक्रम भोलि सार्वजनिक हुँदै


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेश सरकारले मंगलबार (भोलि) नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि मंगलबार दिउँसो ४ बजे प्रदेशको नीति तथा कार्यक्रम सार्वाजनिक गर्ने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र असार १ गते प्रदेशसभाबाट बजेट ल्याउँने तयारी भएको उनले जानकारी दिए । प्रदेशका मुख्यमन्त्री अल्पमतमा रहेका बेला लुम्बिनी सरकारले बजेट तथा नीति संसदबाटै ल्याउँने तयारी गरेको हो ।

नीति तथा कार्यक्रम र बजेट संसदबाटै बहुमतले पारित गरेर देखाउँने सरकारका प्रवक्ता चौधरीले दाबी गरे । यस्तै लुम्बिनी प्रदेश सरकारको कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा १० करोड थपिएको छ ।

मन्त्रिपरिषद बैठकले कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछि रकम थपिएको मन्त्री चौधरीले जानकारी दिए । दोस्रो भेरियन्ट आईसकेपछि १०–१० करोड गरी २० करोड विनियोजन गरिसकेको प्रवक्ता चौधरीले बताए ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : ३० बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि