केन्द्रबाट शुरू भएको ‘राजनीतिक कोभिड’ ले प्रदेशलाई पनि बाँकी राखेन : मुख्यमन्त्री राई « Khabarhub

केन्द्रबाट शुरू भएको ‘राजनीतिक कोभिड’ ले प्रदेशलाई पनि बाँकी राखेन : मुख्यमन्त्री राई


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमण देखिएको टिप्पणी गरेका छन् ।

सोमबार प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले केन्द्रबाट शुरू भएको ‘राजनीतिक कोभिड’ सबै प्रदेश र स्थानीय तहमा तीव्र गतिमा फैलिएको र कसैलाई बाँकी नराखेको तर्क गरे । उनले प्रदेश १ प्रदेशसभा र आफूहरु पनि त्यो कोभिडबाट प्रभावित भएको र कोभिडबाट शिक्षा लिएर अघि बढ्नुपर्ने अवस्था रहेको धारणा राखे ।

संसद्को हिउँदे अधिवेशनमा सम्बोधन गर्न नपाएको गुसानो गर्दै उनले विपक्षीहरुको अवरोधकै कारण संसद् अधिवेशन तत्कालै अन्त्य गर्नुपरेको बताए ।

मुख्यमन्त्री राईले आफूले संसदलाई छल्न खोजेको आरोप निराधार रहेको उल्लेख गरे । संघीय सरकारले स्वास्थ्य संकटकाल लगाँउन सक्ने अवस्थालाई मध्यनगर गर्दै प्रदेश सभाको अधिवेशन बोलाउन ढिला भएको उनको भनाइ छ । त्यस्तै मुख्यमन्त्री राईले कोरोना संक्रमणकै कारण प्रि–बजेट छलफलको समय घटाएको बताए ।

त्यसअघि बैठकमा काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले प्रदेशसभालाई बेवास्ता र उपेक्षा गरेको भन्दै असन्तोष प्रकट गरे ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकार एकपछि अर्को कलाविहीन नाटकमा मात्र केन्द्रित भएको आरोप लगाए ।

जनता समाजवादीका संसदीय दल नेता जयराम यादवले प्रदेश सरकारको कार्यशैलीगत कमजोरीले संघीयताकै हुर्मत लिएको आरोप लगाए । प्रदेशसभाको अर्को बैठक मंगलबार मध्याह्न साढे १२ बजे बस्नेछ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ७ : ४० बजे

वन्यजन्तु सप्ताह : सचेतना र संरक्षणमा जोड

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ– सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत– पर्वतको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी

जहिलेसम्म ज्ञानको खाँचो भइरहन्छ पढ्नै पर्छ : साहित्यकार कृष्ण उदाशी

मोरङ– केही समयअघि प्रकाशित ‘पानीको पर्खाल’ कवितासङ्ग्रहका लेखक हुन्– साहित्यकार

पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा जाँदै

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा जाने भएका