जस्तो सुकै भूमिकामा पनि देश र जनताको सेवामा समर्पित हुनेछु : पूर्वमन्त्री गुरुङ « Khabarhub

जस्तो सुकै भूमिकामा पनि देश र जनताको सेवामा समर्पित हुनेछु : पूर्वमन्त्री गुरुङ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रुपमा लागिरहने प्रतिबद्धता जनाएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उनले जस्तो सुकै भूमिकामा पनि देश र जनताको सेवामा लाग्ने पनि बताए । उनले कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि समर्पित भएको र आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेको उल्लेख गरे ।

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा धेरै काम गरेको र अन्य धेरै काम गर्न बाँकी रहेको उनले बताए । आगामी दिनमा सञ्चार मन्त्रालयमा आउने व्यक्तिलाई आवश्यक सल्लाह र सहयोग गर्ने उनको भनाइ छ । उनले मुलुकलाई निकास दिनका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा मन्त्रालयका सचिवलगायतले गुरुङलाई विदाई गरेका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : १५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु