जस्तो सुकै भूमिकामा पनि देश र जनताको सेवामा समर्पित हुनेछु : पूर्वमन्त्री गुरुङ « Khabarhub

जस्तो सुकै भूमिकामा पनि देश र जनताको सेवामा समर्पित हुनेछु : पूर्वमन्त्री गुरुङ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रुपमा लागिरहने प्रतिबद्धता जनाएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उनले जस्तो सुकै भूमिकामा पनि देश र जनताको सेवामा लाग्ने पनि बताए । उनले कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि समर्पित भएको र आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेको उल्लेख गरे ।

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा धेरै काम गरेको र अन्य धेरै काम गर्न बाँकी रहेको उनले बताए । आगामी दिनमा सञ्चार मन्त्रालयमा आउने व्यक्तिलाई आवश्यक सल्लाह र सहयोग गर्ने उनको भनाइ छ । उनले मुलुकलाई निकास दिनका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा मन्त्रालयका सचिवलगायतले गुरुङलाई विदाई गरेका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : १५ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि