आज यी नदी तथा खोलामा बाढीको जोखिम, सतर्कता अपनाउन अनुरोध « Khabarhub

आज यी नदी तथा खोलामा बाढीको जोखिम, सतर्कता अपनाउन अनुरोध


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाढीका कारण आज मुलुकका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले आज अपरान्हदेखि २५ गतेसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बुढिगण्डकी, त्रिशुली, मर्स्याङ्दी, कालीगण्डकी लगायतका नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता पार गर्ने सम्भावना रहेको जनाएको हो ।

यसैगरी सप्तकोशी र यसका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण तमोर लगायतका नदीहरूमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह आसपास पुग्ने तथा तिनाउ, कन्काई, कमला, वाग्मती र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

महाशाखाले खोला तथा नदीमा पानीको बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले हाल सप्तरीको बर्मजिया र आसपास पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको तथा माउली खोला लगायत अन्य साना खोलामा पानीको बहाव बढेको भन्दै नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : २७ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६