भारतीय दिग्गज अभिनेता दिलीप कुमारको निधन | Khabarhub Khabarhub

भारतीय दिग्गज अभिनेता दिलीप कुमारको निधन


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ।

स्वास्थ्यमा समस्या देखिए पछि करीब एक हप्ताअघि अस्पताल भर्ना भएका उनको अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो।

उनले सन् १९९४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो।

व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए।

उनको अभिनय रहका मेला, नयाँ दौर, गङ्गा जमुना, देवदास, मुग़ल ए आज़म लगायत सफल चलचित्र हुन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेद्र मोदीले उनको निधनमा दुःख व्यक्त गर्दै भारतीय चलचित्र क्षेत्रलाई अपूरणीय क्षति भएको जनाएका छन् ।

प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, “दिलीप कुमारलाई  सिने क्षेत्रको लीजेण्डका रुपमा सम्झिरहनेछौँ, अद्वितीय प्रतिभाका धनी उनको अभिनयबाट दर्शक मन्त्रमुग्ध हुँदै आएका थिए । उनको निधनले सांस्कृतिक क्षेत्रका लागि ठूलो क्षति पुगेको छ । परिवार जनमा समवेदना ।’

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ५४ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार