जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा « Khabarhub

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जीवन विकास लघुवित्तले सर्वसाधरणमा निष्कासन गरेको आईपीओ बुधबार बाँडफाड भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल नक्साल, नागपोखरीस्थित कार्यालयमा बुधबार बिहान १० बजे उक्त आईपीओ बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट, मेरो शेयरको मोबाइल एप, जीवन विकास लघुवित्त र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट आईपीओ नतिजा हेर्न सकिन्छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा गोला प्रथाबाट भाग्यमानी १ लाख ८४ हजार ८०१ जना आवेदकले शेयर पाएका छन् ।

बिक्री प्रबन्धकका अनुसार १ लाख ८४ हजार ८०१ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरी बाँकी रहेको ५ कित्ता शेयर गोलाप्राथबाट १० कित्ता शेयर पाउनेमध्ये ५ जनालाई थप १/१ कित्ताका दरले बाँडफाँड गरिएको हो ।

जसअनुसार ५ जना भाग्यमानी आवेदकले थप १ कित्तासहित ११ कित्ताका दरले ५५ कित्ता शेयर पाएका छन् भने १ लाख ८४ हजार ७९६ जना आवेदकले १० कित्ताका दरले १८ लाख ४७ हजार ९६० कित्ता शेयर पाएका छन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १२ : २८ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो