चुट्किला : डरलाग्दो कथा « Khabarhub

चुट्किला : डरलाग्दो कथा


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डरलाग्दो कथा
कपाल काट्न सैलुन पुगेको ग्राहक हजामसँग ए दाई तिमी किन सधैँ मेरो कपाल काट्नु अघि डरलाग्दो डरलाग्दो कथा सुनाउँछौ ?

हजाम : डरलाग्दो कथा सुनाउँदा तपाईंको कपाल ठाडो ठाडो हुन्छ अनि मलाई काट्न सजिलो हुन्छ नि त ।

चाडबाडको बेला
लोग्ने : चाडबाडको बेलामा पनि दालभात मात्रै ? अरु पनि च्वाइस् बनाउनुपर्छ नि ।
स्वास्नी : डार्लिङ, लौ छ त नि च्वाइस् ।
लोग्ने : खै के छ त अरु च्वाइस् ?
स्वास्नी : एउटा च्वाइस् तपाईं खाए आनुहोस्, अर्को च्वाइस् तपाईं नखाए नखानुस् ।

मेरी श्रीमतीलाई
प्रेमिका : कसैलाई देखेर तिम्रो मनमा फेरि एकपटक कुमार बन्न पाए हुन्थ्यो जस्तो लाग्दैन ?
प्रेमी : लाग्छ नि डार्लिङ ।
प्रेमिका : (रिसाउँदै) कसलाई देखेर हँ ?
प्रेमी : मेरी श्रीमतीलाई ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ४ : ३० बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले