चुट्किला : डरलाग्दो कथा | Khabarhub Khabarhub

चुट्किला : डरलाग्दो कथा


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डरलाग्दो कथा
कपाल काट्न सैलुन पुगेको ग्राहक हजामसँग ए दाई तिमी किन सधैँ मेरो कपाल काट्नु अघि डरलाग्दो डरलाग्दो कथा सुनाउँछौ ?

हजाम : डरलाग्दो कथा सुनाउँदा तपाईंको कपाल ठाडो ठाडो हुन्छ अनि मलाई काट्न सजिलो हुन्छ नि त ।

चाडबाडको बेला
लोग्ने : चाडबाडको बेलामा पनि दालभात मात्रै ? अरु पनि च्वाइस् बनाउनुपर्छ नि ।
स्वास्नी : डार्लिङ, लौ छ त नि च्वाइस् ।
लोग्ने : खै के छ त अरु च्वाइस् ?
स्वास्नी : एउटा च्वाइस् तपाईं खाए आनुहोस्, अर्को च्वाइस् तपाईं नखाए नखानुस् ।

मेरी श्रीमतीलाई
प्रेमिका : कसैलाई देखेर तिम्रो मनमा फेरि एकपटक कुमार बन्न पाए हुन्थ्यो जस्तो लाग्दैन ?
प्रेमी : लाग्छ नि डार्लिङ ।
प्रेमिका : (रिसाउँदै) कसलाई देखेर हँ ?
प्रेमी : मेरी श्रीमतीलाई ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ४ : ३० बजे

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको