चाँदीका अवैध गरगहनासहित दुई जना पक्राउ « Khabarhub

चाँदीका अवैध गरगहनासहित दुई जना पक्राउ


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– चाँदीको अवैध गरगहनासहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–३ का २८ वर्षीय मनप्रसाद गदाली र सिरहाको गोलबजार नगरपालिका–३ का २७ वर्षीय श्याम विक रहेको प्रहरीले जनाएको छ । सीमावर्ती भगवानपुर गाउँपालिका–१ स्थित सडकबाट दुवैजनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका गदाली र विकको साथबाट करिब नौ किलो ७०० ग्राम चाँदीजस्तो देखिने धातुका गहना बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त धातुका गहनासहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ४५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम