निसानको विद्युतीय कार ‘लिफ ई.भी.’ को बुकिङ खुल्ला, मूल्य कति ? « Khabarhub

निसानको विद्युतीय कार ‘लिफ ई.भी.’ को बुकिङ खुल्ला, मूल्य कति ?


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निसान कम्पनीले पायोनियर मोटो कर्पमार्फत नेपाली बजारमा विद्युतीय सवारी ‘लिफ ई.भी.’ उपलब्ध गराएको छ ।

जेरो इमिसन विशेषता भएको निशान लिफ इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) निसानको उत्कृष्ट, भरपर्दो र आकर्षक डिजाइनको नयाँ उत्पादन भएको कम्पनीको दाबी छ । जापानबाट आयात हुने यो पहिलो विद्युतीय सवारी साधन हो । कम्पनीले यसको नेपाली मूल्य ५९ लाख ९९ हजार तोकेको छ ।

निशान मोटर इन्डियाका अध्यक्ष सिनान ओजकोकका अनुसार विद्युतीय सवारी साधनको सेगमेन्टको लागि निसानले नेपालमा दोस्रो जेनेरेसनको निसान लिफ सार्वजनिक गरेको हो । निसान को ‘निसान इन्टेलिजेन्स मोबिलिटी’ अन्तर्गत हाम्रा ग्राहकहरुले स्मार्ट, आरामदायी, वातावरण मैत्री र सुरक्षित अनुभवको लाभ लिन सकिनेछ ।

लिफ इलेक्ट्रिक भेहिकलको विशेषताबारे चर्चा गर्दै पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दिप कुमार शारदाले अब विश्वको र हाम्रो भविष्य नै इलेक्ट्रिक भेहिकल भएको बताए । उनले शून्य प्रदुषण सहितको उपयुक्त प्रविधिमा आधारित यो सवारी साधन चालकदेखि यात्रुलाई समेत सुविधा सम्पन्न र आरामदायी हुने बताए ।

इन्टेलिजेन्स पावर अन्तर्गत यसमा ४० किलोवाटको ब्याट्री जडान गरिएको छ र एकपल्ट चार्ज गर्दा ३ सय ११ किलोमिटरसम्म चलाउन सकिन्छ । यसको अधिकतम गुड्ने क्षमता प्रतिघण्टा १४० किलोमिटर छ । ग्राहकहरुले यसलाई सजिलैसँग चार्ज गर्न सक्नेछन् । घरमा नै डेडिकेटेड वाल आउटलेटबाट १५ देखि १८ घण्टामा र निसानको चार्जिङ्ग स्टेसनबाट ४० देखि ६० मिनेटमा फूल चार्ज गर्न सकिन्छ ।

इन्टेलिजेन्स ड्राइभिङ अन्तर्गत निसान लिफको ई–पेडललाई चालकहरूले एकदमै रुचाएका छन् । यसले स्टार्ट गर्न, गति बढाउन र सजिलैसँग रोक्न सघाउँछ । यसमा ब्रेकले स्वचालित रुपमा काम गर्ने हुनाले ड्राइभ गर्न सजिलो मानिन्छ ।

निसान लिफ ११ वटा विभिन्न कलर अप्सनमा उपलब्ध हुनेछ जसमा ६ वटा सिङ्गल–टोन कलर रहेको छ भने ५ वटा डुअल–टोन कलर रहेको छ। निसान लिफ ई.भी.बाट एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न सकिन्छ भने पावर होममा समेत पठाउन सकिन्छ । निसान लिफको ब्याट्रीमा ८ वर्ष अथवा १ लाख ६० हजार किलोमिटर (जुन पहिला आउँछ) सम्मको वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : ४५ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै