निसानको विद्युतीय कार ‘लिफ ई.भी.’ को बुकिङ खुल्ला, मूल्य कति ? | Khabarhub Khabarhub

निसानको विद्युतीय कार ‘लिफ ई.भी.’ को बुकिङ खुल्ला, मूल्य कति ?


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निसान कम्पनीले पायोनियर मोटो कर्पमार्फत नेपाली बजारमा विद्युतीय सवारी ‘लिफ ई.भी.’ उपलब्ध गराएको छ ।

जेरो इमिसन विशेषता भएको निशान लिफ इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) निसानको उत्कृष्ट, भरपर्दो र आकर्षक डिजाइनको नयाँ उत्पादन भएको कम्पनीको दाबी छ । जापानबाट आयात हुने यो पहिलो विद्युतीय सवारी साधन हो । कम्पनीले यसको नेपाली मूल्य ५९ लाख ९९ हजार तोकेको छ ।

निशान मोटर इन्डियाका अध्यक्ष सिनान ओजकोकका अनुसार विद्युतीय सवारी साधनको सेगमेन्टको लागि निसानले नेपालमा दोस्रो जेनेरेसनको निसान लिफ सार्वजनिक गरेको हो । निसान को ‘निसान इन्टेलिजेन्स मोबिलिटी’ अन्तर्गत हाम्रा ग्राहकहरुले स्मार्ट, आरामदायी, वातावरण मैत्री र सुरक्षित अनुभवको लाभ लिन सकिनेछ ।

लिफ इलेक्ट्रिक भेहिकलको विशेषताबारे चर्चा गर्दै पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दिप कुमार शारदाले अब विश्वको र हाम्रो भविष्य नै इलेक्ट्रिक भेहिकल भएको बताए । उनले शून्य प्रदुषण सहितको उपयुक्त प्रविधिमा आधारित यो सवारी साधन चालकदेखि यात्रुलाई समेत सुविधा सम्पन्न र आरामदायी हुने बताए ।

इन्टेलिजेन्स पावर अन्तर्गत यसमा ४० किलोवाटको ब्याट्री जडान गरिएको छ र एकपल्ट चार्ज गर्दा ३ सय ११ किलोमिटरसम्म चलाउन सकिन्छ । यसको अधिकतम गुड्ने क्षमता प्रतिघण्टा १४० किलोमिटर छ । ग्राहकहरुले यसलाई सजिलैसँग चार्ज गर्न सक्नेछन् । घरमा नै डेडिकेटेड वाल आउटलेटबाट १५ देखि १८ घण्टामा र निसानको चार्जिङ्ग स्टेसनबाट ४० देखि ६० मिनेटमा फूल चार्ज गर्न सकिन्छ ।

इन्टेलिजेन्स ड्राइभिङ अन्तर्गत निसान लिफको ई–पेडललाई चालकहरूले एकदमै रुचाएका छन् । यसले स्टार्ट गर्न, गति बढाउन र सजिलैसँग रोक्न सघाउँछ । यसमा ब्रेकले स्वचालित रुपमा काम गर्ने हुनाले ड्राइभ गर्न सजिलो मानिन्छ ।

निसान लिफ ११ वटा विभिन्न कलर अप्सनमा उपलब्ध हुनेछ जसमा ६ वटा सिङ्गल–टोन कलर रहेको छ भने ५ वटा डुअल–टोन कलर रहेको छ। निसान लिफ ई.भी.बाट एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न सकिन्छ भने पावर होममा समेत पठाउन सकिन्छ । निसान लिफको ब्याट्रीमा ८ वर्ष अथवा १ लाख ६० हजार किलोमिटर (जुन पहिला आउँछ) सम्मको वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : ४५ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलसँग म्यानचेस्टर सिटी पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक

सरस्वती पूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वती पूजा केवल

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको

आज श्रीपञ्चमी पर्व, वसन्त श्रवण र सरस्वती पूजा गरिँदै

काठमाडौं– प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी