कोरोना नियन्त्रणका लागि गरेका कामबारे ‘प्रोजेक्ट होप’का प्रतिनिधिद्वारा प्रधानमन्त्रीलाई जानकारी « Khabarhub

कोरोना नियन्त्रणका लागि गरेका कामबारे ‘प्रोजेक्ट होप’का प्रतिनिधिद्वारा प्रधानमन्त्रीलाई जानकारी


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिमान–नीमा स्मृति प्रतिष्ठान भैरहवा र अमेरिकास्थित प्रोजेक्ट होपका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री ओलीलाई भेटेर कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आफूहरुले गर्दै आएका कार्यक्रमबारे जानकारी गराएका हुन् ।

प्रतिष्ठानका अध्यक्ष विजया केसीले प्रतिष्ठान स्थापना गर्नुको उद्देश्य र हालसम्म प्रतिष्ठानमार्फत भए/गरेका कामको बारेमा जानकारी गराएकी हुन् ।

प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले संस्थाको बारेमा जानकारी गराउँदै कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि प्रतिष्ठानले विविध कामहरु गर्दै आएको बताए । प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले प्रतिष्ठानले नेपाल-भारत सीमामा अलपत्र नागरिकको व्यवस्थापनका लागि क्वारेन्टिन बनाउन प्रतिष्ठानको भवन दिएको बताइन् । उनले २५ हजार बढीलाई सेवा प्रदान गरिएको समेत जानकारी गराएकी थिइन् ।

जुलाई महिनाभित्र चार्टर उडानमार्फत अमेरिकाको वासिङ्टनबाट ठूलो संख्यामा स्वास्थ्य सामग्री नेपाल आउने र त्यसको लागि प्रतिमान–नीमा प्रतिष्ठानले प्रोजेक्ट होपसंग सम्झौता गरिसकेको थापाले बताइन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले प्रोजेक्ट होपको सहयोग प्रतिष्ठानको पहलप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १० : २७ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई