कोरोना नियन्त्रणका लागि गरेका कामबारे 'प्रोजेक्ट होप'का प्रतिनिधिद्वारा प्रधानमन्त्रीलाई जानकारी | Khabarhub Khabarhub

कोरोना नियन्त्रणका लागि गरेका कामबारे ‘प्रोजेक्ट होप’का प्रतिनिधिद्वारा प्रधानमन्त्रीलाई जानकारी


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिमान–नीमा स्मृति प्रतिष्ठान भैरहवा र अमेरिकास्थित प्रोजेक्ट होपका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री ओलीलाई भेटेर कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आफूहरुले गर्दै आएका कार्यक्रमबारे जानकारी गराएका हुन् ।

प्रतिष्ठानका अध्यक्ष विजया केसीले प्रतिष्ठान स्थापना गर्नुको उद्देश्य र हालसम्म प्रतिष्ठानमार्फत भए/गरेका कामको बारेमा जानकारी गराएकी हुन् ।

प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले संस्थाको बारेमा जानकारी गराउँदै कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि प्रतिष्ठानले विविध कामहरु गर्दै आएको बताए । प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले प्रतिष्ठानले नेपाल-भारत सीमामा अलपत्र नागरिकको व्यवस्थापनका लागि क्वारेन्टिन बनाउन प्रतिष्ठानको भवन दिएको बताइन् । उनले २५ हजार बढीलाई सेवा प्रदान गरिएको समेत जानकारी गराएकी थिइन् ।

जुलाई महिनाभित्र चार्टर उडानमार्फत अमेरिकाको वासिङ्टनबाट ठूलो संख्यामा स्वास्थ्य सामग्री नेपाल आउने र त्यसको लागि प्रतिमान–नीमा प्रतिष्ठानले प्रोजेक्ट होपसंग सम्झौता गरिसकेको थापाले बताइन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले प्रोजेक्ट होपको सहयोग प्रतिष्ठानको पहलप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १० : २७ बजे

गड्डाचौकीमा भारतीय गाडीलाई ‘टाइम कार्ड’

कञ्चनपुर – पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै आउने भारतीय ‘नम्बर

इरानको परमाणु कूटनीति ‘कठिन मोडमा’

अमेरिका – इरानको आणविक कार्यक्रमको विवाद समाधानका लागि कूटनीतिक प्रयास

सञ्चालनमा आयो कोदारी राजमार्ग

काठमाडौं – चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग

सात थान पेस्तोल, छ वटा म्याग्जिन र गोलीसहित दुई पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँ महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ

जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो

नेपालगञ्ज – दसैँ सुरु भएसँगै यहाँको जमुनाह नाकामा भारतबाट फर्कनेको