यसरी बनाउन सकिन्छ काँचो कटहरको तरकारी « Khabarhub

यसरी बनाउन सकिन्छ काँचो कटहरको तरकारी


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री (बाह्र जनाको लागि) :

दही – आधा कप (फिटेको)

काँचो कटहर– २ किलो (ताछेर टुक्रा बनाएको)

अदुवा– १० ग्राम (पिसेको)

लसुन– ८ ग्राम (पिसेको)

भटमासको तेल    – २०० ग्राम

प्याज– ३०० ग्राम

गोलभेडा– २०० ग्राम

बेसार– १ चम्चा

नुन– २ चम्चा (सानो चम्चाको)

गरम मसला– १ चम्चा

पानी – ३ कप (चिया कपको)

तेजपात – ४ वटा

ल्वाङ– ५ वटा (पिसेको)

अलैँची– ५ वटा (पिसेको)

सुकमेल– ४ वटा (पिसेको)

हरियो धनियाँ – मुठा (भुजुरी बनाएको)

बनाउने विधि :

-प्यानमा तेल तताई कटहर फ्राई गर्ने र अतार्ने, तेल त¥याएर कुकरमा राख्ने, कुकर बसाल्ने र प्याज फ्राई गर्ने ।

-सुनौलो कलर आएपछि माथि उल्लेखित गरम मसला बाहेक सबै मरमसला, गोलभेडा राखेर एकछिन फ्राई गर्ने ।

-नुन खुर्सानी राखेर चलाउँदै पकाउने । गोलभेडा पाकेपछि ठूलो चम्चाले एक एक गरी दही राख्दै चलाउँदै जाने ।

-दही मसालामा मिलेपछि फ्राई कटहर राखिदिने र तीन कप पानी राख्ने । बिर्को लगाएर राम्रो आँच दिएर पाँच मिनेट पकाउने ।

-कुकर झिक्ने, सेलाएपछि बिर्को खोल्ने र गरम मसला छरी एक पटक चलाएपछि कटहरको तरकारी तयार हुन्छ । नुन कडा खानेहरूको लागि थप्न सकिन्छ । खाने बेलामा तेजपात झिकेर खाने । ब्रत, पूजाहरूमा खानलाई लसुन प्याज, गोलभेडा नराख्ने । भोजहरूको लागि केही फरक हुन्छ सम्बन्धित कुकबाट तयार गरिन्छ ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ५ : ५५ बजे

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ