यसरी बनाउन सकिन्छ काँचो कटहरको तरकारी « Khabarhub

यसरी बनाउन सकिन्छ काँचो कटहरको तरकारी


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री (बाह्र जनाको लागि) :

दही – आधा कप (फिटेको)

काँचो कटहर– २ किलो (ताछेर टुक्रा बनाएको)

अदुवा– १० ग्राम (पिसेको)

लसुन– ८ ग्राम (पिसेको)

भटमासको तेल    – २०० ग्राम

प्याज– ३०० ग्राम

गोलभेडा– २०० ग्राम

बेसार– १ चम्चा

नुन– २ चम्चा (सानो चम्चाको)

गरम मसला– १ चम्चा

पानी – ३ कप (चिया कपको)

तेजपात – ४ वटा

ल्वाङ– ५ वटा (पिसेको)

अलैँची– ५ वटा (पिसेको)

सुकमेल– ४ वटा (पिसेको)

हरियो धनियाँ – मुठा (भुजुरी बनाएको)

बनाउने विधि :

-प्यानमा तेल तताई कटहर फ्राई गर्ने र अतार्ने, तेल त¥याएर कुकरमा राख्ने, कुकर बसाल्ने र प्याज फ्राई गर्ने ।

-सुनौलो कलर आएपछि माथि उल्लेखित गरम मसला बाहेक सबै मरमसला, गोलभेडा राखेर एकछिन फ्राई गर्ने ।

-नुन खुर्सानी राखेर चलाउँदै पकाउने । गोलभेडा पाकेपछि ठूलो चम्चाले एक एक गरी दही राख्दै चलाउँदै जाने ।

-दही मसालामा मिलेपछि फ्राई कटहर राखिदिने र तीन कप पानी राख्ने । बिर्को लगाएर राम्रो आँच दिएर पाँच मिनेट पकाउने ।

-कुकर झिक्ने, सेलाएपछि बिर्को खोल्ने र गरम मसला छरी एक पटक चलाएपछि कटहरको तरकारी तयार हुन्छ । नुन कडा खानेहरूको लागि थप्न सकिन्छ । खाने बेलामा तेजपात झिकेर खाने । ब्रत, पूजाहरूमा खानलाई लसुन प्याज, गोलभेडा नराख्ने । भोजहरूको लागि केही फरक हुन्छ सम्बन्धित कुकबाट तयार गरिन्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ५ : ५५ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति