नवजात शिशुमा रोग प्रतिरोधक क्षमता हुँदैन । त्यसैले आमाको दूधबाट शिशुले रोग प्रतिरोधक क्षमता प्राप्त गर्दछ । त्यसैले जन्मको १ घण्टाभित्रै शिशुलाई आमाको दूध चुसाउनु पर्दछ । त्यसैले जन्मदेखि ६ महिनासम्म आमाको दूधबाहेक बालबालिकालाई आवश्यक परे औषधिका अन्य केही ख्वाउनु हुन्न ।
शिशुको जन्मदेखि चार, पाँच दिनसम्म आमाको स्तनबाट बिगौती दुध आउँछ । यो दूध पोषणको भण्डार हो । यसमा पोषकतत्व, भिटामिन, एन्टिबडी लगायत शिशुलाई अत्वाश्यक सबै तत्व पाइन्छ । बिगौती दुध चारपाँच दिनपछि पूर्ण सन्तुलित दूधमा परिवर्तन हुन्छ । दुध पातलो भएपछि पनि बच्चाले यसबाट भरपुर पोषण पाउँछ ।
बच्चा ६ महिनापछि शिशुलाई आमाको दूधसँगै अन्य पूरक आहार दिन थाल्नु पर्दछ । बच्चालाई पुरक आहारमा सकेसम्म घरमै पकाएको मुछेको दाल, केरा, उसिनेको आलु, तरल एवम् अर्ध ठोस आहार बिस्तारै दिनुपर्छ । तर पूरक आहारा दिदाा स्तनपान भने बन्द गर्नु हुँदैन । शिशुलाई कम्तिमा दुई वर्षसम्म स्तनपान जारी राख्नुपर्छ ।
स्तनपानले आमा र सन्तान दुवैलाई फाइदा हुन्छ । आमाको दूधले बच्चालाई झाडापखाला र कुपोषणजस्ता रोगबाट बचाउँछ । शिशुको आन्द्रामा आमाको दूधको माध्यमले आएको साधारण जीवाणु हुर्किन्छन् । यसले विभिन्न रोगाणुहरूसँग प्रतिस्पर्धा गरेर उनीहरूलाई उत्पन्न हुन दिँदैन । स्तनपानले बाल्यकालको सामान्य रोग र संक्रमणबाट जोगाउँछ । यसले बच्चाको ज्यान जोगाउनुको साथै शिशुको एक्कासि हुने मृत्युमा समेत कमी ल्याउँछ । विभिन्न एजेन्सीको सहयोगमा
प्रतिक्रिया