किन चाहिन्छ नवजात शिशुलाई आमाको दूध « Khabarhub

किन चाहिन्छ नवजात शिशुलाई आमाको दूध


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवजात शिशुमा रोग प्रतिरोधक क्षमता हुँदैन । त्यसैले आमाको दूधबाट शिशुले रोग प्रतिरोधक क्षमता प्राप्त गर्दछ । त्यसैले जन्मको १ घण्टाभित्रै शिशुलाई आमाको दूध चुसाउनु पर्दछ । त्यसैले जन्मदेखि ६ महिनासम्म आमाको दूधबाहेक बालबालिकालाई आवश्यक परे औषधिका अन्य केही ख्वाउनु हुन्न ।

शिशुको जन्मदेखि चार, पाँच दिनसम्म आमाको स्तनबाट बिगौती दुध आउँछ । यो दूध पोषणको भण्डार हो । यसमा पोषकतत्व, भिटामिन, एन्टिबडी लगायत शिशुलाई अत्वाश्यक सबै तत्व पाइन्छ । बिगौती दुध चारपाँच दिनपछि पूर्ण सन्तुलित दूधमा परिवर्तन हुन्छ । दुध पातलो भएपछि पनि बच्चाले यसबाट भरपुर पोषण पाउँछ ।

बच्चा ६ महिनापछि शिशुलाई आमाको दूधसँगै अन्य पूरक आहार दिन थाल्नु पर्दछ । बच्चालाई पुरक आहारमा सकेसम्म घरमै पकाएको मुछेको दाल, केरा, उसिनेको आलु, तरल एवम् अर्ध ठोस आहार बिस्तारै दिनुपर्छ । तर पूरक आहारा दिदाा स्तनपान भने बन्द गर्नु हुँदैन । शिशुलाई कम्तिमा दुई वर्षसम्म स्तनपान जारी राख्नुपर्छ ।

स्तनपानले आमा र सन्तान दुवैलाई फाइदा हुन्छ । आमाको दूधले बच्चालाई झाडापखाला र कुपोषणजस्ता रोगबाट बचाउँछ । शिशुको आन्द्रामा आमाको दूधको माध्यमले आएको साधारण जीवाणु हुर्किन्छन् । यसले विभिन्न रोगाणुहरूसँग प्रतिस्पर्धा गरेर उनीहरूलाई उत्पन्न हुन दिँदैन । स्तनपानले बाल्यकालको सामान्य रोग र संक्रमणबाट जोगाउँछ । यसले बच्चाको ज्यान जोगाउनुको साथै शिशुको एक्कासि हुने मृत्युमा समेत कमी ल्याउँछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ८ : १० बजे

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु