आलियाको प्रतिभासँग कुणालको यस्तो रिस « Khabarhub

आलियाको प्रतिभासँग कुणालको यस्तो रिस


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– फिल्म निर्देशक करण जोहारको शो ‘कफी विद करण’ जहिल्यै कुनै न कुनै कारणले चर्चामा रहिरहन्छ । शोमा करण पाहुनालाई उतपट्याङ प्रश्न सोध्छन्, जसको जवाफ दिएर सेलिब्रेटी विवादमा तानिन्छन् ।

करण जानेर बुझेरै यस्ता उतपट्याङ प्रश्न सोध्छन् । जसको उत्तरले सेलिब्रेटीहरु समस्यामा पर्छन् । तर उनीहरुले यो शोमा उत्तिकै मनोरञ्जन लिन्छन् ।

हालैमात्र करणको शोमा ‘द एम्पायर’ सिरिजका अभिनेता कुणाल कपुर र अभिनेत्रीद्वय डिनो मोरिया र टेलिभिजन अभिनेत्री दृष्टि धामी उपस्थित थिए । शोमा कुराकानी भइरहँदा करणले कुणालाई तीन उतपट्याङ प्रश्न सोधे । जुन प्रश्नको जवाफ कुणालले निकै गम्भीर भएर दिए ।

करणले ‘तपाईं कसको घाँती काट्न चाहनुहुन्छ ?’, ‘कोसँग विवाह गर्न चाहनहुन्छ ?’ र ‘कसलाई लक गर्न चाहनुहुन्छ ?’ भनेर सोधेका थिए । करणले पहिलो प्रश्नको उत्तरका लागि आलिया भट्ट, दीपिका पादुकोण र अनुष्का शर्माको नाम छान्न दिएका थिए । जवाफमा कुणालले ‘म आलियाको घाँटी काट्न चाहन्छु । किनकी उनी निकै प्रतिभावान छिन्’ भनी उत्तर दिएका छन् ।

कुणालले आफूले अनुष्कासँग विवाह गर्दा विराट कोहलीले आफ्नो घाँटी काटिदिने भन्दै ठट्टा गरेका छन् । दीपिकालाई चाहिँ उनी सुन्दर भएकाले आफूले उनलाई लक गर्न चाहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १२ : १४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह