सङ्खुवासभा हत्या प्रकरण : शव परीक्षणका लागि धरान लगियो « Khabarhub

सङ्खुवासभा हत्या प्रकरण : शव परीक्षणका लागि धरान लगियो


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- सङ्खुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या गरेको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

घटनास्थलमा अहिले प्रहरी नायब उपरीरक्षक भीम दाहालको कमाण्डमा रहेको अनुसन्धान टोलीले तालीमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली पनि घटनास्थलमै छ ।

हालसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न नसकेको प्रनाउ सुवेदीले जानकारी दिए । उक्त क्षेत्रका विभिन्न नाका सिल गरेर हत्यामा संलग्नको खोजी भइरहेको जिप्रकाले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ४ : ३२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका