कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ काम गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ « Khabarhub

कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ काम गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले निजामती राष्ट्रसेवक कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ आफ्नो कर्तव्य यात्रामा कटिबद्ध हुनुपर्ने बताएका छन् ।

निजामती सेवा दिवसको अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा कर्मचारी पेसागत दक्षतालाई अक्षुण राख्दै देश र जनताप्रति थप जिम्मेवार बन्नुपर्ने उल्लेख छ । प्रदेश प्रमुख गुरुङले राज्यका नीति, योजना र कानुनको तर्जुमा तथा त्यसको कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको बताए ।

“जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवा अहिले राष्ट्रको आवश्यकता छ”, उनले सन्देशमा भनेका छन्, “निष्ठा, लगनशीलता र इमान्दारीपूर्वक पेशागत जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने निजामती प्रशासनबाट मात्र हामीले जनतालाई समृद्ध र सुखी बनाउने लक्ष्य हासिल गर्न सक्छौं ।”

प्रदेश प्रमुख गुरुङले राष्ट्रसेवक कर्मचारीमा आफू साधनस्रोतको परिचालन एवं शक्तिको प्रयोग गर्ने शासक नभै आम सर्वसाधारणको सेवक हुँ भन्ने भावना जागृत हुनु अपरिहार्य छ भन्दै सन्देशमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी वर्गलाई आजको दिनले मुलुकको विकास र सुशासनका लागि पारदर्शी तथा जवाफदेही भई जनताको सेवा गर्ने अवसर मिल्ने उल्लेख गरे ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ९ : ३० बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ