नेपालको जितका लागि ब्याटिङमा रोहित र सोमपाल चम्किँदा बलिङमा सन्दीप र विक्रम (फोटोफिचर) « Khabarhub

नेपालको जितका लागि ब्याटिङमा रोहित र सोमपाल चम्किँदा बलिङमा सन्दीप र विक्रम (फोटोफिचर)


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध २ विकेको जित हात पारेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालको जितका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे । त्यसैगरी बलिङमा सन्दीप लामिछाने र डेब्यु खेलमा बिक्रम सोबले कीर्तिमान बनाए ।

पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर सहज रुपमै पूरा गरेको थियो । सोमपालले अविजित २२ रन जोडे । रोहित र सोमपालले ५२ रनको महत्वपूर्ण साझेदारी गरे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो ।

बलिङतर्फ पनि नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन रह्यो । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एक्लैले ४ विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिन सफल भए । डेब्यु खेलाडी बिक्रम सोबले २ विकेट लिएका थिए ।

बिक्रमले ५ ओभरमा एक मेडनसहित २० रन खर्चिएर २ विकेट लिएका हुन् । बिक्रम डेब्यु खेलको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमानी समते बनाए । यस्तै कुशल मल्लले २ तथा सोमपाल कामीले एक विकेट लिए । नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेलको एकदिवसीए सिरिज खेलिरहेको हो ।

तस्वीर : क्रिकेट एशोसिएशन नेपाल (क्यान) 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : १६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु