भरुवा बन्दुक बनाएर बेच्ने एक जना पक्राउ, ५ थान हरिणको सिङ समेत बरामद « Khabarhub

भरुवा बन्दुक बनाएर बेच्ने एक जना पक्राउ, ५ थान हरिणको सिङ समेत बरामद


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  जिल्ला प्रहरी कार्यालय मोरङले भरुवा बन्दुक बनाएर बिक्री गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

बेलबारी नगरपालिका–१ का ५२ वर्षीय आशबहादुर लिम्बुलाई अवैध हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री तथा वन्य जन्तुका अंगसहित प्रहरीले पक्राउ गरेको हो ।

लिम्बुले घरमा अवैध हातहतियार बनाउने, बिक्री गर्ने र वन्यजन्तुको शिकार गर्ने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

उनको घरबाट एक थान लोड गरिराखेको भरुवा बन्दुक, बन्दुक बनाउन प्रयोग हुने २ थान नाल, काठको ४ थान बट, विष्फोटक पदार्थ १ केजी, ५ थान हरिणको सिङ, फलामको ३ थान काजोलगायतका सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लिम्बुमाथि हातहतियार खरखजाना तथा विष्फोटक पदार्थ कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीले फेसबुकमा यस्तो लेखेको छ-

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : ५९ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ