१२ बुँदे घोषणपत्र जारी गर्दै डब्लुएचओको दक्षिणपूर्वी एसिया राष्ट्रको क्षेत्रीय समितिको बैठक सम्पन्न « Khabarhub

१२ बुँदे घोषणपत्र जारी गर्दै डब्लुएचओको दक्षिणपूर्वी एसिया राष्ट्रको क्षेत्रीय समितिको बैठक सम्पन्न


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वास्थ्य प्रणालीको उत्थानशीलतालाई थप सबलीकरण गर्ने सम्बन्धमा १२ बुँदे घोषणपत्र जारी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको ७४ औं बैठक आज सम्पन्न भएको छ ।

भर्चुअलरुपमा सञ्चालित दुई दिने सो बैठकले जारी गरेको घोषणापत्रमा कोभिड–१९ को महामारीबाट पाठ सिक्दै स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यको सर्वव्यापी पहुँच पुर्‍याउन र दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि राजनीतिक नेतृत्वको सहभागिता हुनुपर्नेमा जोड दिएको उल्लेख छ ।

घोषणा पत्रमा महामारीको दौरान र महामारीपश्चात्को समयमा अत्यावश्यक स्वास्थ्य सेवा र जनस्वास्थ्यका कार्यक्रम सञ्चालन राख्नका लागि समुदायलाई संलग्न गराउन, समुदायको सशक्तीकरण गर्न, जोखिममा रहेका र प्रभावित समुदायका लागि प्रभावकारी प्रतिकार्य सञ्चालन गर्न, जनस्वास्थ्य आपत्कालीनसम्बन्धी र विपद् जोखिम व्यवस्थापनसम्बन्धी रणनीतिलाई एकीकृत गर्न, प्राथमिक स्वास्थ्य स्याहारमा निगरानी तथा तयारी क्षमताको सुदृढीकरण गर्न सदस्य राष्ट्रले प्रतिबद्धता जनाएको छ ।

जनस्वास्थ्य सम्बन्धी आपत्काललाई सम्बोधन गर्न र सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गर्नका लागि राष्ट्रिय क्षमता विकास कार्यमा डब्लुएचओको महत्वपूर्ण भूमिका हुनुपर्नेसमेत घोषणापत्रमा उल्लेख छ । सदस्य राष्ट्रहरूले प्राथमिक स्वास्थ्य स्याहारको मानसिक स्वास्थ्य तथा अन्य रोगलगायतका नसर्ने रोगलाई समाहित गर्ने, प्राथमिक स्वास्थ्य स्याहार सेवाका लागि राष्ट्रिय गुणस्तर मापदण्ड स्थापना गर्ने र महामारी तथा पुनःरुत्थानको दौरानमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

त्यस्तै परम्परागत औषधि प्रणालीको सम्भाव्यताको उचित उपयोग गर्ने र डिजिटल स्वास्थ्य प्रविधिमा भएका नवीनतम आविष्कारको पनि सर्वोत्तम उपयोग गर्ने घोषणापत्रमा उल्लेख छ ।

बैठकमा दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले कोभिड–१९ ले हाम्रा स्वास्थ्य प्रणालीलाई निकै ठूलो क्षति पु¥याएको बताए । उनले सबै स्वास्थ्य सेवा अवरुद्ध र स्वास्थ्यकर्मी गलेका भन्दै हाम्रा सामुन्ने बहुमुखी चुनौती रहेको धारणा राखे ।

“हामीले स्वास्थ्यमा गुमाएका उपलब्धिलाई पुनःप्राप्त गर्नु छ, क्षमता गुमाएका स्वास्थ्य प्रणालीलाई पुनःनिर्माण गर्नुछ”, उनले भने ।

बैठकमा यस क्षेत्रका सदस्य राष्ट्रका स्वास्थ्यमन्त्री तथा स्वास्थ्यका उच्च पदाधिकारी, संयुक्त राष्ट्र सङ्घीय निकाय, साझेदार, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो ।

बैठकमा समेटिएका ११ राष्ट्र नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स, थाइल्याण्ड, उत्तर कोरिया, इन्डोनेसिया, म्यानमार, पूर्वी टिमोरका स्वास्थ्यमन्त्री सहभागी हुनुहुन्थ्यो ।

बैठकले सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगको उन्मूलनलगायतका विषयमा समेत छलफल गरेको थियो ।

त्यस्तै बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ८ : ३५ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने