टीभीएसको ‘अपाचे आरटीआर २०० ४भी’ सार्वजनिक हुँदै « Khabarhub

टीभीएसको ‘अपाचे आरटीआर २०० ४भी’ सार्वजनिक हुँदै


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जगदम्बा मोटर्स टीभीएसले ‘अपाचे आरटीआर २०० ४भी’ को बीएस-भीआई र फर्स्ट इन क्लास राइडिङ मोड्ससहितको नयाँ मोडल नेपालमा सार्वजनिक गर्दैछ ।

विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले ‘अपाचे आरटीआर २०० ४भी’ को फर्स्ट इन क्लास राइडिङ मोड्ससगै बीएस-भीआई इन्जिन सहितको नयाँ बहु-प्रतिक्षित मोडल नेपालमा सार्वजनिक गर्ने भएको हो ।

उक्त सार्वजनिक कार्यक्रम बिहीबार द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । साथै टीभीएस नेपालको फेसबुक, युट्युब, इन्स्टाग्राम पेज लगायत अन्य विभिन्न डिजिटल माध्यमबाट पनि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

नयाँ मोडल ‘अपाचे आरटीआर २०० ४भी’ मा ठाउँ, सडक र मौसम अनुसार राइडिङ् मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको कम्पनीको भनाइ छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तीन ओटा मोडहरु रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित गर्ने देखिन्छ।

यसैगरी यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको आरटीएफआई टेक्नोलोजी युक्त बीएस-भीआई कम्प्लिएन्ट इन्जिन रहेको छ।

अटोमोबाइल जगतमा आरटीएफआई टेक्नोलोजीलाई निकै नै उत्कृष्ट मानिन्छ । यसैगरी बीएस-भीआई कम्प्लिएन्ट इन्जिन सहितको अपाचे आरटीआर नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिलादेखि नै प्रतिक्षा गरिरहेको पाइन्छ । यस आरटीएफआई टेक्नोलोजी युक्त बीएस-भीआई कम्प्लिएन्ट इन्जिन अरु कार्बोरेटर इन्जिन भन्दा एकदमै शक्तिशाली रहेको छ, जसले मोटरसाइकलको शक्ति र आयु दुवैलाई बढावा दिएको छ। यसले टीभीएसको रेसिंग डीएनएको इतिहासलाई थप नयाँ उचाइमा पुर्‍याएको कम्पनीको भनाइ छ।

युवा वर्गको चाहनालाई मध्यनजर गर्दै फर्स्ट इन् क्लास राइडिङ मोड्ससहितको मोडल नेपालमा लिएर आउन लागेको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ६ : २३ बजे

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोगभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष