टीभीएसको ‘अपाचे आरटीआर २०० ४भी’ सार्वजनिक हुँदै « Khabarhub

टीभीएसको ‘अपाचे आरटीआर २०० ४भी’ सार्वजनिक हुँदै


२२ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जगदम्बा मोटर्स टीभीएसले ‘अपाचे आरटीआर २०० ४भी’ को बीएस-भीआई र फर्स्ट इन क्लास राइडिङ मोड्ससहितको नयाँ मोडल नेपालमा सार्वजनिक गर्दैछ ।

विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले ‘अपाचे आरटीआर २०० ४भी’ को फर्स्ट इन क्लास राइडिङ मोड्ससगै बीएस-भीआई इन्जिन सहितको नयाँ बहु-प्रतिक्षित मोडल नेपालमा सार्वजनिक गर्ने भएको हो ।

उक्त सार्वजनिक कार्यक्रम बिहीबार द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । साथै टीभीएस नेपालको फेसबुक, युट्युब, इन्स्टाग्राम पेज लगायत अन्य विभिन्न डिजिटल माध्यमबाट पनि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

नयाँ मोडल ‘अपाचे आरटीआर २०० ४भी’ मा ठाउँ, सडक र मौसम अनुसार राइडिङ् मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको कम्पनीको भनाइ छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तीन ओटा मोडहरु रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित गर्ने देखिन्छ।

यसैगरी यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको आरटीएफआई टेक्नोलोजी युक्त बीएस-भीआई कम्प्लिएन्ट इन्जिन रहेको छ।

अटोमोबाइल जगतमा आरटीएफआई टेक्नोलोजीलाई निकै नै उत्कृष्ट मानिन्छ । यसैगरी बीएस-भीआई कम्प्लिएन्ट इन्जिन सहितको अपाचे आरटीआर नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिलादेखि नै प्रतिक्षा गरिरहेको पाइन्छ । यस आरटीएफआई टेक्नोलोजी युक्त बीएस-भीआई कम्प्लिएन्ट इन्जिन अरु कार्बोरेटर इन्जिन भन्दा एकदमै शक्तिशाली रहेको छ, जसले मोटरसाइकलको शक्ति र आयु दुवैलाई बढावा दिएको छ। यसले टीभीएसको रेसिंग डीएनएको इतिहासलाई थप नयाँ उचाइमा पुर्‍याएको कम्पनीको भनाइ छ।

युवा वर्गको चाहनालाई मध्यनजर गर्दै फर्स्ट इन् क्लास राइडिङ मोड्ससहितको मोडल नेपालमा लिएर आउन लागेको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ६ : २३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर