आर्यनको जमानतबारे आज सुनुवाई हुँदै « Khabarhub

आर्यनको जमानतबारे आज सुनुवाई हुँदै


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– क्रुजमा लागुऔषध र रेव पार्टी मामलामा शाहरुख खानका छोरा आर्यनलाई प्रहरीले बिहीबारसम्म हिरासतमा राखेको छ । मुम्बईको एक अदालतले सोमबार आर्यनसहित तीन आरोपीलाई सात अक्टोबरसम्म हिरासतमा बस्न आदेश दिएको थियो । आज आर्यनको हिरासत अवधि पुरा हुँदैछ । उनलाई आज अदालतमा पेश गरिँदैछ । आर्यनका वकिल पुनः एकपटक जमानतका लागि अदालतमा निवेदन दिँदैछन् ।

गत अक्टोबर ४ मा एनसीबीले अदालतमा आर्यन कोडवर्डमा च्याटिङ गर्ने गरेको र त्यसलाई डिकोड गर्नका लागि हिरासतमा बस्नु जरुरी रहेको बताएको थियो । एनसीबीले आर्यनका कैयौं च्याटले उनी लागुऔषधको डिलरसँग नियमित सम्पर्कमा रहेको देखाएको दाबी गरेको थियो ।

आर्यनका वकिलले आर्यनलाई विशेष पाहुनाका रुपमा बोलाएको र उनी एक साथीका साथ त्यहाँ पुगेको उल्लेख गरेका छन् । वकिलले आर्यनलाई क्रुजमा जान एक रुपैंयाँ पनि नदिइएको र त्यहाँ कोही पनि आयोजकलाई उसले नचिनेको दाबी गरेका छन् । उनले एनसीबीले ह्वाट्सएपको च्याटमार्फत मुद्धा बनाइरहेको आरोप लगाएका छन् ।

आर्यनसहित आठ व्यक्तिलाई अक्टोबरमा गोवा जान लागेको एक क्रुजमा छापामारी गर्दा पक्राउ गरिएको थियो । त्यसको भोलिपल्ट उनीहरुलाई २२ घण्टा न्यायिक हिरासतमा राखिएको थियो ।

समाचारअनुसार आर्यनले अनुसन्धान अधिकारीहरुलाई सहयोग गरिरहेका छन् र उनले चार पृष्ठको बयान दिएका छन् । उनको हिरासत अवधि बिहीबार सकिने भए पनि लागुऔषध ब्यूरोले भने ११ अक्टोबरसम्म राख्ने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १२ : ३४ बजे

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६