आर्यनका कारण धमाधम काम छोड्दै शाहरुख « Khabarhub

आर्यनका कारण धमाधम काम छोड्दै शाहरुख


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता शाहरुख खान र उनको परिवार हालका दिनमा निकै ठूलो तनावमा छन् । उनीहरुको छोरा आर्यन खान लागुऔषधको प्रयोग गरेको आरोपमा एनसीबीको हिरासतमा छन् । जसको असर पुरा परिवारले भोगिरहेको छ ।

यो घटनाले शाहरुखको निजी जीवनमा मात्र होइन, व्यावसायिक जीवनमा पनि ठूलो असर पुगेको छ । यहीकारण शाहरुखले एटली कुमारको फिल्मको काम बीचमै छोडेका छन् । उनको स्थानमा बडी डबलका माध्यमबाट सुटिङ गरिएको छ ।

शाहरुखको हातबाट रातारात एउटा अर्को ठूलो प्रोजेक्ट पनि गुमेको छ । बुधबार शारुखले अजय देवगनका साथ एक विज्ञापनको छायांकन गर्नुपर्ने थियो । तर सुटिङ सुरु हुनुभन्दा केही समयअघि मात्र शाहरुखले विज्ञापनको सुटिङ रद्द गरेका छन् ।

निर्माताले सुटिङका लागि सबै तयारी पुरा गरे पनि शाहरुख सही समयमा पुगेनन् । सेटमा शाहरुखका लागि करिब २० देखि २५ बाउन्सर लगाइएको थियो । उनको भेनिटी भेन बिहानदेखि नै स्टुडियोमा राखिएको थियो । यद्यपि दिउँसो ३ देखि ४ बजेका बीच सुटिङ रद्द गरिएको घोषणा गरिएको थियो ।

शाहरुख निकट स्रोतका अनुसार उनी मानसिक रुपमा समेत तनावग्रस्त अवस्थामा छन् । आर्यनलाई एक क्रुजमा भएको रेव पार्टीमा लागुऔषध प्रयोग गरेको आरोपमा ८ व्यक्तिसहित पत्राउ गरिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १ : १९ बजे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री