दोस्रो विश्वयुद्धको विमान उडाउदै टम क्रुज « Khabarhub

दोस्रो विश्वयुद्धको विमान उडाउदै टम क्रुज


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(न्यूजनेसनटीभी)– हलिउड स्टार टम क्रुज आगामी फिल्म ‘मिसन इम्पोसिबल ८’का लागि द्वितीय विश्वयुद्धको सैन्य विमान उडाउन सिकिरहेका छन् ।

५९ वर्षे अभिनेतालाई यूकेमा क्याम्ब्रिजशायरको डक्सफोर्ड एयरफील्डमा १९४३ बोइङ स्टियरमेन मोडल ७५ उडाउदै गरेको देखिएको छ ।

फिल्ममा विमानलाई एक अन्य युद्धकालीन विमानको पिछा गरिरहेको देखाइनेछ ।

टमले ‘मिसन इम्पोसिबल ८’का लागि एजेण्ट एथन हण्टका रुपमा आफ्नो काम सुरु गरिसकेका छन् । यो फिल्म सन् २०२३ मा रिलिज हुने भनिए पनि त्यो मितिमा रिलिजको सम्भावना न्युन रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

टमले यो वर्षको सुरुवातमै फिल्मको एक प्रमुख स्टण्टका लागि बोइङ स्टियरमेन बाइप्लेन उडाउन सिकेका छन् । यो फिल्मको छायांकन ‘मिसन इम्पोसिबल ७’को छायांकनका क्रममै भएको थियो । किनकी टमले आफूलाई कहिल्यै ब्रेक दिएनन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ३ : ३३ बजे

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन