नेकपा एसले स्वास्थ्यसहित ४ मन्त्रालय पाउने (सूचीसहित) « Khabarhub

नेकपा एसले स्वास्थ्यसहित ४ मन्त्रालय पाउने (सूचीसहित)


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ४ मन्त्रालय पाउने भएको छ ।

विहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धन सरकारमा आफूहरुले स्वास्थ्यसहित चारवटा मात्र मन्त्रालय पाउने जानकारी दिएका हुन् ।

सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने उनले बताए ।

यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्रीको दाबी गरेको नेकपा एसले प्रदेशमा दुई मुख्यमन्त्री पाउने भएपछि संघीय सरकारमा चार मन्त्रालयमा पाउने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको हो ।

यी हुन् नेकपा एसले पाउने चार मन्त्रालय

१. स्वास्थ्य तथा जनसंख्या
२. श्रम तथा रोजगार
३. संस्कृति पर्यटन तथा नागरिक उड्डयन
४. सहरी विकास मन्त्रालय

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ७ : ३९ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना