नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार मन्त्रीको टुङ्गो लगाउने « Khabarhub

नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार मन्त्रीको टुङ्गो लगाउने


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले सरकारबाट सहभागी हुने मन्त्रीको नाम शुक्रबार टुङ्गो लगाउने भएको छ ।

स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने भएको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

महासचिव बेदुराम भुसालको संयोजकत्वमा आज गठित ११ सदस्यीय केन्द्रीय सचिवालय बैठक भोलि बस्ने भएको छ । उनका अनुसार पार्टीले शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम, रोजगार तथा सामाजिक मन्त्रालय पाउने भएको छ । उनले भोलि सबै गठबन्धन दलले सरकारमा सहभागी हुने मन्त्रीको नामावली बुझाएपछि मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।

यस्तै बैठकले एक उपमहासचिव र तीन सचिव थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।  उनका अनुसार उपमहासचिव खतिवडा र सचिवमा गरिमा शाह, जीवराम श्रेष्ठ र भागवत विश्वासी रहेका छन् ।

यस्तै बैठकले केन्द्रीय सदस्य नामावली सार्वजनिक गर्न गृहकार्य गरे पनि भोलि केन्द्रीय सचिवालयले नामावली टुङ्गो लगाउने उनले बताए ।  भोलि केन्द्रीय सदस्यको नामावली टुङ्गो लगाएपछि पर्सीसम्ममा नाम सार्वजनिक गर्ने उनको भनाइ छ । नेकपा (एकीकृत समाजवादी)को ३०१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

पार्टीले अनुशासन, लेखा र निर्वाचन आयोगमा ३५ सदस्यीय हुने निर्णय गरेको छ । उनका अनुसार ती आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवको पद राखिने भएको छ ।

यस्तै केन्द्रीय विभाग २५ सदस्यीय, जिल्ला कमिटी १०१ सदस्यीय, स्थानीय तहका कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक र उपसचिव दुई गरी छ पदाधिकारी राख्ने निर्णय गरिएको छ । बैठकले विजय गुरुङको संयोजकत्वमा सम्पर्क कमिटी गठन गरेको छ ।

महासचिव बेदुराम भुसालको संयोजकत्वमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल र जगन्नाथ खतिवडा रहेको केन्द्रीय कार्यालयसमेत गठन गरिएको छ ।

प्रचार विभाग प्रमुख खतिवडाले पार्टीले दैनिक कार्य सञ्चालन गर्नका लागि महासचिव भुसालको संयोजकत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको जानकारी दिए । बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको छ । उनले प्रदेश नं १ र वाग्मती प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीले पाउने सहमति गठबन्धन दलबीच भइसकेको जानकारी दिए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ९ : १५ बजे

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन

एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक

एजेन्सी– श्रीलंका र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

राँझा– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चार लेन

लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा  

काठमाडौंं– लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा नेशनल ग्यास्ट्रो लिभर सेन्टर