वर्षाले धान नष्ट गरेपछि किसानलाई परिवार पाल्ने चिन्ता « Khabarhub

वर्षाले धान नष्ट गरेपछि किसानलाई परिवार पाल्ने चिन्ता


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँके नरैनापुर–३ बालापुरकी ४३ वर्षिया सत्तवा रैदास वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्तामा डुबेकी छन् । बेमौसमी वर्षा धानबालीमा क्षति गरेपछि उनी मारमा परेकी हुन् ।

कात्तिक १ गतेदेखि परेको अविरल वर्षाले करिब १ विगाह जमिनमा काटेको धान पानीले डुवाएपछि सत्तवाको चिन्ताको विषय बनेको हो । ‘काटेको धान खेतमै डुबेर उम्रिएको छ । नकाटेको धान पनि हावाले ढालेर कुहिएको छ । अब वर्षभरी के खाने भन्ने चिन्ताले सताएको छ, ´ सत्तवाले निरास हुँदै भनिन्, ‘परिवारलाई कमाएर खुवाउन श्रीमान छैनन् । म एक्लीले कसरी पाल्ने यत्रो ८ जनाको परिवार ।’

स्थानीय जमिन्दारको जमिन अधियामा खेती लगाउदै आएकी सत्तवाको दैनिकी खेतमा उम्रेको धानको बाला र पानीमा डुबेर कुहेको धान केलाउने सुकाउने गर्दै बित्ने गरेको छ । उनले भनिन्, ‘गाउँमा रोजगारी पनि पाइँदैन । धान थियो र वर्षभरी पुगनपुग खानलाई हुन्थ्यो तर, अब त त्यो पनि छैन कसरी गुजार चलाउने हो के खाने भन्ने चिन्ताले रात छप्लक्कै उघारिएकै आँखाले काट्ने गरेको छ ।’

उनकै छिमेकी संगीता रैदासको पनि अवस्था उस्तै छ । संगीताको पनि डेढ विगाह खेतमा लगाएको धान पानीमा कुहेर नष्ट भएको छ । खेतमा डुबेको धान सुकाउन हुलाकी सडकमाथि थुपारेकी उनले उम्रिएधार धानको बाला देखाउदै भनिन्, ‘ उम्रेको धान छ । यसबाट कस्तो चामल निस्कन्छ र खाने हो । ऐलानी र जमिनदारको जग्गा जोतेका छौँ पालिकाबाट धानको क्षतिको क्षतिपूर्ति लिन जाउ भने आफ्नो नाममा लालपूर्जा छैन । लालपूर्जा नभए क्षतिपूर्ति पाइँदैन भन्छन् ।’

पानीकै कारण नरैनापुरकै २ का सफिउल्ला खाँनको २ विगाहा ५ कठ्ठामा लगाएको धानबाली नष्ट भयो । ‘खाइ नखाई गरेर लगाएको धान खेलमा पाकेर पहेँलै भएको थियो । तर, धान नष्ट गरेपछि अब ९ जनाको परिवार पाल्ने पिरलो थपिएको छ । अस्फाक खाँनको पनि पीडा उस्ते छ।

सफिउल्ला, संगीता र सत्तवा त नरैनापुरका बेमौषमि वर्षाका पीडित किसान प्रतिनिधि पात्र हुन् । नरैनापुरका अधिकांश किसानको आँगनमा उचो सडकमा जहाँतहिँ पानीमा डुबेर कुहेको धानको रास देख्न सकिन्छ । कुहेकै भएपनि केही काम लाग्ने छ कि भन्दै धानको व्यवस्थापन गर्न जुटेको देखिन्छन् ।

कात्तिक महिनामा यसअघि कहिल्यै यसरी वर्षात नभएको र वर्षा भए पनि डुबान र बाढीको बितण्डा नदखेका यहाँका स्थानीय किसानले संघ, प्रदेश र स्थानीय तहले आफ्नो समस्या बुझेर राहतको व्यवस्था गर्नुपर्ने आशामा छन् ।

गत कात्तिक १ गतेदेखि परेको बेमौसमी वर्षातको कारण बाँकेमा झण्डै ६० प्रतिशत धानमा नोक्सान गरेको छ भने नरैनापुरमा पनि सोही अनुपातमा क्षति गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारी बताउछन् । उनले किसानले काटेर राखेको धान खेतमै उम्रिएको बताए ।

शाखा प्रमुख भण्डारीले कात्तिक महिनाको सुरुमै परेको बेमौसमी झरीका कारण पालिकामा ६ हजार ३ सय ८५ हेक्टर जमिनको धानबाली नष्ट भएकाे जानकारी दिए । उनले यसबाट करिव ५० करोड नोक्सानी भएको तथ्यांक निकालिएको बताए ।

प्रति हेक्टर ४ दशमलव १५ टन उत्पादन हुने सो क्षेत्रमा ६ हजार ३ सय ८५ हेक्टरमा लगाइएको धान बाली नष्ट हुँदा पालिकाको ५१ करोड बराबरको क्षति भएको हो ।

धानबाली लगाएका कुनै पनि किसानले बिमा नगरेको शाखा प्रमुख भण्डारीले बताए । न्यूज कारखाना

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : ५९ बजे

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा