जनताप्रति उत्तरादायी भएर काम गर्नेछु : श्रममन्त्री श्रेष्ठ « Khabarhub

जनताप्रति उत्तरादायी भएर काम गर्नेछु : श्रममन्त्री श्रेष्ठ


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ का जनताको भरोसा टुट्न नदिने बताएका छन्। उनले जनताको आफूमाथिको आसा र भरोसा अनुसार नै काम गर्ने बताएका हुन्।

व्यास नगरपालिका–१ स्थित निर्मल जनसुधार आमा समूहले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सधैं जनताप्रति उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

जनताको भावनाअनुसार विकास निर्माणका कामका लागि सदैव प्रतिबद्ध रहेको जनाउँदै उनले भने, ‘विगतमा जिल्लावासीको हितका लागि काम गर्दै आएको छु, जिल्लाको विकासका लागि सधैं क्रियाशील रहन्छु।’

स्थानीयवासीले मन्त्री श्रेष्ठलाई विभिन्न विकासका मागसहित ज्ञापनपत्रसमेत बुझाएका थिए। आमा समूहकी अध्यष अम्बिका पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य शङ्करनारायण श्रेष्ठलगायतले धारणा व्यक्त गरेका थिए।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ११ : ४९ बजे

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक