देशभरका बार इकाइसँग छलफल गर्दै बार एशोसिएसन | Khabarhub Khabarhub

देशभरका बार इकाइसँग छलफल गर्दै बार एशोसिएसन


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आगामी रणनीति तय गर्न देशभरका बार इकाइसँग छलफल थालेको छ ।

तिहारलगत्तै राणाविरुद्ध निर्णायक आन्दोलनको घोषणा गरेको नेपाल बारले देशभरका ८३ वटै नेपाल बारका एकाइसँग भावी आन्दोलनको स्वरुप तय गर्न जुम बैठक गरिरहेको छ ।

नेपाल बारका महासचिव लिलामणि पौडेलका अनुसार आइतबार बार इकाइसँगको छलफलपछि नेपाल बारको बैठकले सोमबारबाट गर्ने आन्दोलनको स्वरुप तयार पार्नेछ ।

तिहारअघि राणाको राजीनमा माग्दै सर्वोच्च अदालतअघि धर्ना र कोणसभा गरेको बारले सोमबार अदालत खुलेलगत्तैबाट राणाको राजीनामा नआएसम्मका लागि दवावमूलक कार्यक्रम गर्दै छ ।

‘प्रधानन्यायाधीशको राजीनामा नआएसम्म कस्ता आन्दोलन गर्ने भनेर हामी यतिबेला जुम बैठक बसिरहेका छौँ,’ महासचिव पौडेलले भने, ‘सबैको सुझावपछि बेलुका या भोलि बिहानसम्ममा हाम्रो आन्दोलनको स्वरुप तयार हुन्छ ।’

रणाले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका भन्दै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एशोसिएसनले आन्दोलन गरिरहेका छन् ।

न्यायाधीशहरूले इजलास बहिस्कार गरेर राणालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरू पनि सोमबार बिहानैबाट राणाविरुद्धको आनदोलनको रणनीति तय गर्न बैठक बस्दै छन् ।

एक न्यायाधीशका अनुसार तिहारपछि नेपाल बारले घोषणा गर्ने आन्दोलन हेरेर न्यायाधीशलेसमेत राणाविरुद्धको रणनीति तय गर्नेछन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १ : २० बजे

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अकाल मृत्यु : संयुक्त राष्ट्रसङ्घ

जेनेभा– संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को हालैको

‘सरकारले एक वर्षमा जनअपेक्षा पूरा नगरे पनि केही राम्रा काम भए’

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सरकारको एक

मन्त्री गुप्ता जोडिएको अडियो प्रकरणमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको

स्वास्थ्य बिमा बोर्डले सबै स्थानीय तहमा प्रथम बिन्दु तोक्दै 

काठमाडौं– बिमाको प्रथम सेवा विन्दुको बारेमा आवश्यक जानकारी गराउन सबै

तीन गीतविरुद्ध साइबर उजुरी, प्रियंका र तेजेन्द्र-निकिशाले अभिनय गरेको पनि पर्‍यो

काठमाडौं – राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली गीत–संगीतबाट विकृति फैल्याएको