लार्फागाउँमा खानेपानी चरम अभाव « Khabarhub

लार्फागाउँमा खानेपानी चरम अभाव


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालिकोटको पलाँता गाउँपालिका–२ लार्फागाउँमा खानेपानीको चरम अभाव भएको छ । यो गाउँको नजिकै खानेपानीको मुहान नहुँदा सर्वसाधारणले वर्षौदेखि खानेपानी समस्या भोग्दै आइरहेका छन् ।

पलाँताकी अमनी बिश्वक्रर्माका अनुसार गाउँमा पानी भर्ने एउटै मात्रै स्थान छ । सिंगो गाउँका मानिस एकै ठाउँमा भर पर्नु पर्दा भिडभाड हुने गर्छ । बिहानै पानी लिन आए दिनभर लाग्ने र दिनहुँजसो झगडा हुने उनले बताइन् । यस्तै, जितन बिश्वक्रर्माले पनि एक गाग्री पानीका लागि घण्टौं लाइन बस्नुपर्ने बताए ।

गाउँपालिका र हुरुन्डेक नेपालले खानेपानीका लागि भने काम गरिरहेको बताएका छन् । अबको १५ दिनमा लार्फाका सबै नागरिकको घरघरमा धारा हुने वडा अध्यक्ष बिरी कामीले बताए । कर्णालीका विकट गाउँका नागरिकले अझै पनि सफा र स्वच्छ खानेपानीको सहज पहुँचभन्दा बाहिर रहेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ४ : ०६ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी