सेमिफाइनल नखेल्दै पाकिस्तानले रच्यो इतिहास « Khabarhub

सेमिफाइनल नखेल्दै पाकिस्तानले रच्यो इतिहास


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पाकिस्तानले इतिहास रचेको छ । पाकिस्तानले सर्वाधिक पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने इतिहास बनाएको हो ।

पाकिस्तानले यस मामिलामा श्रीलंका, भारत, अष्ट्रेलिया र वेस्टइण्डिजलाई पछि पारेको छ। पाकिस्तान कीर्तिमानी पाँचौँ  पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ भने पाकिस्तानपछि अष्ट्रेलिया, श्रीलंका र वेस्टइण्डिज क्रमशः चार चार पटक सेमिफाइनल पुगेका छन्।

दक्षिण अफ्रिकासँगको अन्तिम लिग खेलमा हार व्यहोरे पनि इंग्ल्याण्डको टोली तेस्रो पटक टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। योसँगै न्युजिल्याण्डले तेस्रो पटक र भारतले चौथो पटक यस्तो गर्ने मौका पाएको छ।

सन् २००९ को टी-२० विश्वकपको विजेता टोली सात पटकमध्ये पाँच पटक सेमिफाइनल खेलेको छ भने पछिल्ला दुई प्रतियोगितामा टोलीको प्रदर्शन राम्रो थिएन । पाकिस्तान सन् २०१४ र २०१६ मा भएको आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न सकेन ।

सन् २००७ मा एमएस धोनीको कप्तानीमा भारतले टी-२० विश्वकप जित्दा पाकिस्तान उपविजेता बनेको थियो। र, योसँगै पाकिस्तानले सेमिफाइनल जित्यो भने सबैभन्दा धेरै पटक फाइनल पुग्ने टोली बन्नेछ।

पाकिस्तान, इङ्ल्यान्ड र अष्ट्रेलिया टी-२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेका छन्। भारत, न्युजिल्याण्ड र अफगानिस्तान मध्ये एक टिमले अब सेमिफाइनलमा स्थान बनाउने छन् ।

सबैभन्दा धेरै पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने टोलीहरूः

पाँच पटक–पाकिस्तान

चार पटक–अष्ट्रेलिया

चार पटक–श्रीलंका

चार पटक– वेस्ट इन्डिज

तीन पटक– इंग्ल्याण्ड

तीन पटक–भारत

दुई पटक–न्युजिल्याण्ड

दुई पटक–दक्षिण अफ्रिक

भारत र  न्युजिल्याण्ड टोलीसँग सेमिफाइनल पुग्ने सम्भावना अझै बाँकी छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ५ : ४४ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा