छठ पर्वको तयारी तीव्र, नदी तथा जलाशयहरु सिंगारिँदै | Khabarhub Khabarhub

छठ पर्वको तयारी तीव्र, नदी तथा जलाशयहरु सिंगारिँदै


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ ।

कात्तिक महिनाको शुक्लपक्षमा मनाइने छठ पर्वको लागि अहिले श्रद्धालुभक्तजनहरूले  पोखरी, नदी तथा विभिन्न जलायशहरु  सजाउने काम धामधम गरिरहेका छन् ।

युवा क्लव तथा अन्य संस्थाहरूले छठ पर्वको अवसरमा जनकपुरका विभन्न पोखरी तथा सरोवरहरूलाई दुल्हीझैँ सिंगारिएको छ ।

जनकपुरका गंगासागर, धनुष सागर, अग्नीकुण्ड ,अङगराजसर, दशरत तलाउ सहितका पोखरीहरूको डिलमा छठ पूजाका लागि सजाउने काम भइरहेको छ ।

फाइल तस्वीर

गंगा सागर छठ पुजा समितिका अध्यक्ष अशोक लाल दासले गंगा सागरको डिलमा छठको लागि घाट निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए । पोखरीको चारै डिलमा करिव चार हजारभन्दा बढी व्यक्ति एक साथ छठ पर्व मनाउने गरेको उनले बताए ।

छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामिण क्षेत्रमा अधिकाश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा आएर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

छठ पर्व  मनाउँदा  चर्म रोग, पुत्रलाभ,आर्थिक समवृद्धि तथा सुख शान्ति प्राप्त हुने जनविशवास रहेको छ ।

चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन सोमवार नुहाई खाई, दोस्रो दिन अर्थात् मंगलवार खरना, तेस्रो दिन बुधवार अस्ताउँदै गरेको सूर्य र अन्तिम दिन बिहीबार उदाँउदै गरेको सूर्यलाई अर्घ्य दिई यो पर्व समापन गरिन्छ ।

छठ पर्वमा तीन करोडको केरा खपत

छैठ पर्वमा अन्य समग्रीभन्दा केराको कारोवार बढी हुने गर्छन् । फलफूल व्यवसायी संघ जनकपुरले छठ पर्वलाई मात्र लक्षित गरि ४५ ट्रक केरा, ११ ट्रक स्याउ, चार ट्रक अनार र चार ट्रक सन्तुला ल्याएको जनाएको छ ।

धनुषा, महोत्तरी र सिरहा गरि तीन जिल्लाका उपभोक्ताले छठमा जनकपुरबाटै केरालगायतका सामग्री खरिद गर्ने गर्छन् । फलफुल व्यवसायी संघ जनकपुरका  रुदलप्रसाद साहले केरा दुई करोड ५० लाख, स्याउ ८० लाख, अनार ६० लाख र सन्तुला २० लाखको कारोबार हुने अनुमान गरिएको बताए ।

सुरक्षा व्यवस्था कडा

चाडपर्वलाई मध्यनजर गर्दै प्रदेश २ प्रहरी कार्यालयले प्रदेश सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।

विगतका वर्षहरूमा जनकपुरमा चाडपर्वकै अवसरमा अप्रिय घटना भएकोले त्यस्ता घटना हुन नदिन आफू सर्तक रहेको प्रदेश-२ का प्रहरी प्रमुख, डीआईजी उमेश रंजितकारले बताए ।

काठमाडौँ उपत्यकामा पनि  तयारी

पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठ घाट निर्माण सुरु भएको छ ।

गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरूपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजास्थल निर्माण गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सचिव नवलकिशोर यादवले जानकारी दिए ।

फाइल तस्वीर

तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ । छठ पर्वको तयारीस्वरूप कात्तिक २० गते शनिबारको वाग्मती सफाइ पनि यसै क्षेत्रमा गरिएको थियो ।

एउटा छठ घाट पूजाका लागि रु एक हजार १०० शुल्क समितिले लिने गरेको छ । छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको उनले सुनाए ।

गत वर्ष कोरोनाका कारण छठ पूजा स्थगित गरिएको थियो । विसं २०७६ मा पशुपति क्षेत्र विकास कोषले पनि गुह्येश्वरी गौरीघाट छठ पूजा समितिलाई रु छ लाख सहयोग गरेको थियो । यस वर्ष पनि सहयोग गर्ने वचन प्राप्त भएको समितिले जनाएको छ ।

यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस वर्ष कात्तिक २४ गते बुधबार यस पर्वको मुख्य दिन परेको छ । पर्वका अवसरमा कात्तिक २४ गते बुधबार सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ६ : १७ बजे

नक्कली नोटसहित दुई जना पक्राउ

रौतहट– चन्द्रपुर नगरपालिका-१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७

प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु

काठमाडौं– परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दुई नयाँ सेवा सुरु

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

तनहुँ–  जबरजस्ती करणी गरेको आरोपमा तनहुँ र ओखलढुङ्गाबाट दुई जना

बाढीको दश दिनपछि प्रभावित क्षेत्र अनुगमनमा निस्किए गृहमन्त्री

काठमाडौं- असोज ११ र १२ गतेको बाढीबाट भएको ठूलो क्षति

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको दुई करोड

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैंक लिमिटेडबाट प्रधानमन्त्री दैवी