उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत « Khabarhub

उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

विभिन्न कक्षामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्दै कक्षा स्तरोन्नति गर्ने १० छात्र/छात्रालाई तिहारको देउसी समापन समारोहमा शैक्षिक सामग्रीसहित पुरस्कृत गरिएको हो ।

कक्षा ४ मा प्रथम स्थान प्राप्त गर्ने सजना राई, कक्षा ३ मा प्रथम स्थान प्राप्त गर्ने भावना राई, कक्षा २ मा प्रथम स्थान प्राप्त गर्ने यशोदा राई र कक्षा १ मा प्रथम स्थान प्राप्त गर्ने रजिन राईलाई पुरस्कृत गरिएको छ ।

यस्तै, कक्षा ५ मा दोस्रो स्थान प्राप्त गर्ने सिलसिला राई, कक्षा ४ मा दोस्रो स्थान प्राप्त गर्ने माइकल राई, कक्षा २ मा दोस्रो हुने उत्तम राई, कक्षा ९ मा तेस्रो स्थान प्राप्त गर्ने दिलीप राई, कक्षा ५ मा तेस्रो स्थान प्राप्त गर्ने आशिका राई र कक्षा १ मा तेस्रो स्थान प्राप्त गर्ने एनिसा राईका अभिभावकलाई सम्मान गरिएको छ । पुरस्कृत बालबालिका च्यास्मीटार मावि र कालिका प्रावि बाहुनीडाँडामा अध्ययनरत छन् ।

बालबच्चालाई विद्यालय नपठाउने अभिभावकको चेतना अभिवृद्धिका लागि उत्कृष्ट छात्र/छात्रालाई सम्मान गरिएको अभिभावक खबिराज राईले बताए ।

उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्र/छात्रालाई च्यास्मीटार माविका प्रअ तेजकुमार राई, शिक्षक जीवराज राई, च्यास्मीटार महिला कृषि सहकारी संस्थाका अध्यक्ष अमृता राई, अभिभावक एवं युवा नेता रसकुमार राईले अविरलगाएर कापी र डटपेन प्रदान गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ६ : ३१ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र