महिला कृषि सहकारीको भवन निर्माणका लागि देउसी « Khabarhub

महिला कृषि सहकारीको भवन निर्माणका लागि देउसी


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा महिला कृषि सहकारी संस्थाको भवन निर्माणका लागि टोल–टोलमा देउसी खेल्न सुरु गरिएको छ ।

स्थानीय च्यास्मीटार महिला कृषि सहकारी संस्थाको भवन निर्माणका लागि देउसी खेल्न सुरु गरिएको हो ।

नगरपालिकाको ‘एक वडा एक महिला कृषि सहकारी’ स्थापना गर्ने अभियानअन्तर्गत स्थापना गरिएको महिला सहकारीको भवन निर्माणका लागि आर्थिक अभाव भएपछि देउसी खेल्न सुरु गरिएको च्यास्मीटार महिला कृषि सहकारी संस्थाकी अध्यक्ष अमृता राईले बताइन् ।

आइतबार दाल्फुबाट सुरु भएको देउसी अभियान बाङमा, हुन्डाखा, सार्पा, पिपलटार, पिपचाही, साबिकको च्यास्मीटार–९, ८ र ५ मा पुगेर २३ कात्तिकमा समापन गर्ने समूहले जनाएको छ ।

वडा कार्यालयमार्फत प्राप्त भएको तीन लाखबाट महिला कृषि सहकारी संस्थाको तीन कोठा भएको एक तले भवन निर्माणको काम सुरु गरिएको थियो ।

भवन निर्माणका लागि नगरपालिकाले ८ लाख उपलब्ध गराउने समूहकी अध्यक्ष राईले बताइन् । निर्माणाधीन भवनको काम पूरा गर्नका लागि आर्थिक अभाव भएकाले देउसी खेलेर रकम जुटाउनअघि सर्नु परेको समूहले जनाएको छ ।

कृषि सहकारीमार्फत महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाको नीति अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि हरेक वडामा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइएको थियो ।

तरकारी खेती, फूल खेती, सिन्के धूप उत्पादन, व्यापार व्यवसाय लगायतका उद्यम सञ्चालन गर्न प्रोत्साहित गर्ने र उद्यम सम्बन्धी कामबाट आएको आम्दानीलाई बचत गर्दै महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले वडा–वडामा महिला कृषि सहकारी स्थापनाको अवधारणा अघि सारिएको हो ।

कृषि सहकारीको माध्यमबाट महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने तथा ऋणका लागि चर्को व्याज असुल गर्ने विभिन्न वित्तीय संस्थालाई गुहार्नु पर्ने बाध्यताबाट महिलालाई मुक्ति दिलाउने लक्ष्य राखिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले बताइन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : ११ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक