घोषणा हुँदै एकीकृत समाजवादी निकट प्रेस सङ्गठन « Khabarhub

घोषणा हुँदै एकीकृत समाजवादी निकट प्रेस सङ्गठन


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही कात्तिक २७ गते काठमाडौँमा घोषणासभा गर्ने भएको छ ।

संस्थापक केन्द्रीय तदर्थ समिति र केन्द्रीय पदाधिकारीको नाम सार्वजनिक गरिने उक्त सभामा सङ्गठनलाई व्यवस्थित तथा थप व्यावसायिक बनाउन आवश्यक छलफल गरी रणनीति तय गरिने सङ्गठनका नेता विश्वमणि सुवेदीले जानकारी दिए ।

सङ्गठनले हालै जिम्मेवारी प्रदान गरेका प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सचिवले सम्बन्धित प्रदेशस्थित सङ्गठनको केन्द्रीय संस्थापकसहित तोकिएका नेताले जिल्ला संयोजकको नाम टुङ्गो लगाइ केन्द्रीय कार्यालयलाई नाम पठाउनुपर्ने छ । सोही प्रकारको संरचनाबाट चाँडो प्रदेश कमिटीलाई पूर्णता दिइने छ ।

त्यसैगरी राष्ट्रिय भेला आगामी पुस ५ गते गरिने भएको छ । काठमाडौँ उपत्यका बाहिर गरिने सो भेला मकवानपुर तथा चितवनमा गर्न प्रस्तावित गरिएकाले स्थान भने निश्चित भइसकेको छैन ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : ३७ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी