अमेरिकी हवाई कम्पनीको ‘जासुसी’मा चिनियाँ गुप्तचर दोषी ठहर « Khabarhub

अमेरिकी हवाई कम्पनीको ‘जासुसी’मा चिनियाँ गुप्तचर दोषी ठहर


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी हवाई कम्पनीहरुको जासुसीको आरोप खेपिरहेका एक चिनियाँ गुप्तचरलाई अमेरिकी संघीय जुरीले दोषी ठहर गरेको छ ।

अमेरिकाको कानून मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा चिनियाँ गुप्तचरले अमेरिकी उड्डयन कम्पनीहरूको जासुसी सम्बन्धी विभिन्न पाँच वटा मुद्दामा शू येन्जुन नामका गुप्तचर दोषी ठहर गरेको हो । उक्त मुद्दामा  उनलाई ६० वर्षसम्म कारागार र ५० लाख डलरभन्दा बढी जरिवाना हुन सक्ने सीएनएनले जनाएको छ ।

सन् २०१८ मा बेल्जियममा पक्राउ परेका शूलाई अमेरिका सुपर्दगी गरिएको थियो ।  चिनियाँ राज्य सुरक्षा मन्त्रालयअन्तर्गत रहेको जिआङ्सू शाखाका वरिष्ठ अधिकारी रहेका उनले प्रतिगुप्तचरी, वैदेशिक गुप्तचरी र आन्तरिक सुरक्षासँग सम्बन्धित विषयहरू हेर्दै आएको अमेरिकी अधिकारीहरुको अनुसन्धानबाट खुलेको थियो ।

उनले सन् २०१३ देखि नै अमेरिकी हवाइ कम्पनीको सूचना चोरीको कोशिस गरेको अमेरिकी दाबी छ । सन् २०१७ मा जीई एभिएशनका एक कर्मचारीलाई शूले निशुल्क रूपमा एउटा चिनियाँ विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन  व्यवस्था मिलाइदिए बापत गोप्य प्राविधिक सूचना लिएको खुलेको थियो ।

ती कर्मचारीमार्फत जीई एभिएशनले उपलब्ध गराएको कम्प्युटरको फाइल डाइरेक्टरी भेटेरै लिन खोज्ने क्रममा उनलाई  बेल्जियममा पक्राउ गरिएको थियो ।

 

 

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ८ : ४६ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर