एमालेको १०औँ महाधिवेशन केन्द्रित अपानि-१४ जारी (पूर्णपाठसहित) « Khabarhub

एमालेको १०औँ महाधिवेशन केन्द्रित अपानि-१४ जारी (पूर्णपाठसहित)


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले सात दिनको अन्तरालमा १०औँ महाधिवेशन केन्द्रित अर्को अन्तरपार्टी निर्देशन (अपानि-१४) जारी गरेको छ ।

एक सातअघि कात्तिक १४ मा जारी अपानि-१३ ले केही अस्पष्टता बढाएको भन्दै अपानि-१४ मा महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोटको प्रावधानलाई स्पष्ट पारिएको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

महाधिवेशनको प्रतिनिधि छनोटका लागि मातहतका कमिटी र संगठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सुनिश्चित हुने गरी गर्न अपानि-१४ मार्फत निर्देशन दिइएको छ ।

आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि यसअघि तय गरेको प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ जारी गरेको अन्तरपार्टी निर्देशन १४ मा केन्द्रीय संगठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नपर्ने उल्लेख गरिएको छ ।

यही कात्तिक २७ गते देशभरका भूगोल, विशेष कमिटी र जनसंगठनबाट समावेशीताका आधारमा एक हजार नौ सय ९९ महाधिवेशन प्रतिनिधि छनोट गर्न एमालेले निर्देशन दिएको हो ।

हेर्नुहोस् पूर्ण पाठ

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ९ : ४४ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी