प्रदेश-१ मा छ जनामा संक्रमण « Khabarhub

प्रदेश-१ मा छ जनामा संक्रमण


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- गएको २४ घण्टामा प्रदेश नं १ मा छ जनामा मात्र कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

असोज र कत्तिकको अहिलेसम्म एक दिनमा पाइएको यो सबैभन्दा कम सङ्क्रमित सङ्ख्या हो । आइतबार देखिएका कोरोना सङ्क्रमितमा मोरङमा तीन, झापामा दुई र सुनसरीका एक जना छन् ।

यस प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङको विराटनगरमा तीन, झापाको भद्रपुर र कमल गाउँपालिकामा एक/एक र सुनसरीको इटहरीमा एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

यस प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार १८४ पुगेको छ भने यस भाइरसबाट मुक्त हुनेको सङ्ख्या एक लाख चार हजार ९१९ रहेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा अहिले पनि दुई हजार २६५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् ।

प्रदेशमा आज ४७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने एक महिला सहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्ममा यस प्रदेशमा यस भाइरसबाट दुई हजार १४७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १० : १५ बजे

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी