रियलमीले मुरारका समूहसँग मिलेर नेपाल भित्र्यायो नार्जो सेरिजका दुई स्मार्टफोन « Khabarhub

रियलमीले मुरारका समूहसँग मिलेर नेपाल भित्र्यायो नार्जो सेरिजका दुई स्मार्टफोन


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सबैभन्दा छिटो १० करोड थान फोन बिक्री गरेको रियलमीले मुरारका समूहसँग मिलेर नेपालमा नार्जो सेरिज सार्वजनिक गरेको छ।

रियलमीले नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः नार्जो ५० आइ र नार्जो ५० ए ल्याउने छ।

‘संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ। योसँगै हाम्रो मुख्य उद्धेश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने हो। यही सिलसिलामा हामीले हाम्रो पहिलो लन्चको रुपमा रियलमीको नार्जो सेरिज ल्याएका छौँ,’ मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकाले भने।

यी दुवै स्मार्टफोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै लैजाने जनाएको छ। मिडियाटेक हेलियो जी८५ चिपसेट र २.० गिगाहर्जको शक्तिशाली अक्टाकोर प्रोसेसर भएको यो पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट फो भएको दाबी कम्पनीको छ। यो सेग्मेन्टमै सबैभन्दा शक्तिशाली ५० मेगापिक्सेल ट्रिपल एआई क्यामरा स्मार्टफोनमा प्रयोग भएको छ।

साथै, यसको म्याक्रो लेन्समा भएको सुपर क्लोज फोकस डिस्ट्यान्सले प्रयोगकर्ताहरुलाई क्लोज डिटेलको साथ म्याक्रो फोटोग्राफि गर्न सजिलो बनाउने जनाएको छ।

यसको अगाडिपट्टि रहेको एआई ब्युटी, पोर्ट्रेट मोड र अन्य फिचर्सयुक्त हाइ डेफिनिसन ८ मेगापिक्सेल क्यामराले उत्कृष्ट फोटोहरु खिच्न सक्ने बताइएको छ। यसमा भएको ६००० एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई स्ट्यान्ड–बाइ मोडमा ५३ दिनसम्म नन–स्टप चलाउने सुविधा दिने जनाएको छ।

फोनमा ओटीजी रिभर्स चार्ज र १८ वाट फास्ट चार्ज रहेको छ। १६.५ सेन्टीमिटर (६.५ इन्च) को मिनी ड्रप डिस्प्ले भएको नार्जो ५० एमा अडियो र भिडियोको आनन्द लिँदै गेम खेल्न सकिने कम्पनीले जनाएको छ।

फोनमा तीनवटा कार्ड स्लट भएकाले दुईवटा सिम कार्ड र एउटा मेमोरी कार्ड (१२८ जीबी) राख्न सकिने बताइएको छ। फोन ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेजका साथै ४ जीबी र्‍याम र १२८ जीबी स्टोरज भेरियन्टमा उपलब्ध छ। यो फोन अक्सिजन ग्रीन र अक्सिजन ब्लु रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

त्यसैगरी, नार्जो ५० आइमा युनिसक ९८६३ अक्टाकोर प्रोसेसरका साथै ५००० एमएएच क्षमताको ब्याट्री रहेको कम्पनीले जनाएको छ। जुन स्ट्यान्डबाइ मोडमा ४३ दिनसम्म टिक्ने दाबी कम्पनीको छ। यसमा भएको सुपर पावर सेभिङ मोडले गर्दा ब्याट्रीको खपत अप्टिमाइज हुन्छ र यसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्ने हुँदा मोबाइल फोन तथा अन्य हेडफोन, स्मार्टवाच र स्मार्ट–ब्यान्ड पनि चार्ज गर्न मिल्ने बताइएको छ।

यसको १६.५ सेन्टिमिटर (६.५ इन्च) को ठूलो डिस्प्ले र ८९.५ प्रतिशत स्क्रिन–टु–बडी रेसियोले गर्दा भिडियो हेर्न सजिलो हुने बताइएको छ। ८.९ एमएमको सुपर स्लिम ट्रेन्डसेटिङ् डायगोनल स्ट्राइप डिजाइनले अरुको भन्दा आकर्षक र लेटेस्ट फोन चलाउन चाहने युवा पुस्ताको मन जित्ने कम्पनीको जिकिर छ।

यो मिन्ट ग्रीन र कार्बन ब्ल्याक रङमा उपलब्ध छ। २ जीबी र्‍याम र ३२ जीबी स्टोरेजका साथै ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेजमा नार्जो ५० आइ उपलब्ध रहेको बताइएको छ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ६ : ५५ बजे

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा