विश्व इतिहासमा के-के भएको थियो आज ? « Khabarhub

विश्व इतिहासमा के-के भएको थियो आज ?


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज ७ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

अफगानिस्तानका पहिलो जननिर्वाचत राष्ट्रपति
सन् २००४ मा हमिद करजाइ इस्लाम गणतन्त्र अफगानिस्तानको पहिलो राष्ट्रपति बनेका थिए । इतिहासमै पहिलो पटक प्रत्यक्ष प्रजातान्त्रिक निर्वाचनमार्फत करजाई राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

सुरिनेमका सर्वसाधरणको नरसंहार
सन् १९८२ को डिसेम्बरमा दक्षिण अफ्रिकी देश सुरिनेमका १५ जना प्रख्यात व्यक्तिलाई सेनाले अपहरण गरी हत्या गरेको थियो । सेनाको तानाशाही शासनको विरोध गरेको भन्दै उनीहरुको हत्या गरिएको थियो ।

पर्ल हार्वरमा हमला
सन् १९४१ मा जापानको जलसेनाले हवाईस्थित पर्ल बन्दरगाहको पनडुब्बी इलाकामा हमला गरेको थियो । सोही हमलापछि अमेरिका पनि दोस्रो विश्व युद्धमा तानिएको थियो ।

अमेरिकी संविधानलाई अनुमोदन गर्ने पहिलो राष्ट्र
सन् १७८७ मा डेलावारले अमेरिकी संविधानलाई पहिलो पटक अनुमोदन गरेको थियो । अमेरिकी संविधान पहिलो पटक अनुमोदन गरेका कारण डेलावारलाई अमेरिकाको पहिलो राज्य भनिन्छ ।

पूर्वी टिमोरमाथि अतिक्रमण
स्वतन्त्र घोषणा गरेपछि सन् १९७५ मा पूर्वी टिमोरालाई इन्डोनेसियाको फौजले अतिक्रमण गरेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ६ : ३४ बजे

इलामका किसानको आकर्षण व्यावसायिक स्कुस खेतीतर्फ

इलाम– इलामका किसानले नेपालको मध्य पहाडी र उच्च भेगमा समेत

भोटेकोशी विपद्‍पछि राष्ट्रसंघ जान प्रधानमन्त्रीलाई दबाब, सरकारका प्रवक्ता भन्छन् : नेपालको आवाज पुर्‍याए भयो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको ८१ औँ महासभामा जाने कुरामा अझै

वैतेश्वर गाउँपालिकाले रसुवा बाढीपीडितका लागि ७ लाख ७० हजार सहयोग गर्ने

दोलखा– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत,

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’

कृष्णभीर माथिको डाँडामा रूख कटान सुरु

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा रूख काट्ने र झाडी