विश्व इतिहासमा के-के भएको थियो आज ? | Khabarhub Khabarhub

विश्व इतिहासमा के-के भएको थियो आज ?


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज ७ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

अफगानिस्तानका पहिलो जननिर्वाचत राष्ट्रपति
सन् २००४ मा हमिद करजाइ इस्लाम गणतन्त्र अफगानिस्तानको पहिलो राष्ट्रपति बनेका थिए । इतिहासमै पहिलो पटक प्रत्यक्ष प्रजातान्त्रिक निर्वाचनमार्फत करजाई राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

सुरिनेमका सर्वसाधरणको नरसंहार
सन् १९८२ को डिसेम्बरमा दक्षिण अफ्रिकी देश सुरिनेमका १५ जना प्रख्यात व्यक्तिलाई सेनाले अपहरण गरी हत्या गरेको थियो । सेनाको तानाशाही शासनको विरोध गरेको भन्दै उनीहरुको हत्या गरिएको थियो ।

पर्ल हार्वरमा हमला
सन् १९४१ मा जापानको जलसेनाले हवाईस्थित पर्ल बन्दरगाहको पनडुब्बी इलाकामा हमला गरेको थियो । सोही हमलापछि अमेरिका पनि दोस्रो विश्व युद्धमा तानिएको थियो ।

अमेरिकी संविधानलाई अनुमोदन गर्ने पहिलो राष्ट्र
सन् १७८७ मा डेलावारले अमेरिकी संविधानलाई पहिलो पटक अनुमोदन गरेको थियो । अमेरिकी संविधान पहिलो पटक अनुमोदन गरेका कारण डेलावारलाई अमेरिकाको पहिलो राज्य भनिन्छ ।

पूर्वी टिमोरमाथि अतिक्रमण
स्वतन्त्र घोषणा गरेपछि सन् १९७५ मा पूर्वी टिमोरालाई इन्डोनेसियाको फौजले अतिक्रमण गरेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ६ : ३४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र