पर्यटकीय गन्तव्य खोज्न म्याग्दी पुगे व्यवसायी « Khabarhub

पर्यटकीय गन्तव्य खोज्न म्याग्दी पुगे व्यवसायी


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धनका लागि पर्यटन बोर्ड र व्यवसायीको टोली सोमबार म्याग्दी आएको छ । नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को टोली म्याग्दीका नयाँ पर्यटकीयस्थलको सम्भाव्यता अध्ययनका लागि आएको हो ।

पर्यटन बोर्डको प्रदेश कार्यालयका प्रबन्धक नवीन पोखरेल, नाटाका प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देल, तारा गौतमसहितको टोलीले नयाँ गन्तव्यको अवलोकन, सरोकारवालासँग अन्तक्र्रिया सुरु गरेको छ ।

बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने टोड्केबाट नयाँ गन्तव्यको अध्ययन सुरु गरेको नाटाका तारा गौतमले बताए । ‘नेपालमा आउने पर्यटकलाई घुमाउने स्थान खोज्न निस्किएका हौँ’, उनले भने, ‘म्याग्दीको टोड्के, मुस्ताङको नाउरीकोट, गुरुसाङबो गुम्बा, भुरतुछो र सेकुङ ताललाई प्रवर्द्धन गर्ने योजना छ ।’

टोलीले पर्यटकीयस्थलहरूको निरीक्षण गरेर पर्यटक ल्याउनका लागि प्याकेज बेच्ने गौतमले बताए । टोलीले बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूसँग छलफल गरेको थियो । छलफलका क्रममा पर्यटन बोर्ड गण्डकीका प्रमुख पोखरेलले छोटिएको पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्य खोजी गरिएको बताए।

सडक विस्तारसँगै पुराना पर्यटकीयस्थलमा आउने पर्यटकको बसाइ छोटिएको पोखरेलले बताए । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल, वरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठले टोड्के, रुइसे, झाँक्रीपानी, लभ्लीहिल, खोपारा, गुर्जा, ताकमकोत, मोहरेडाँडा, मालिकालगायतका स्थल म्याग्दीका नयाँ पर्यटकीयस्थलका रूपमा विकास भएको बताए ।

हिमाल, अग्ला पहाड, झरना, नदीका साथै संस्कृति, ग्रामीण जीवनशैली म्याग्दीका पर्यटकीयस्थलका आकर्षण हुन् । नयाँ पर्यटकीयस्थलमा आवास सुविधाको व्यवस्थापनमा निजी क्षेत्रको लगानी आवश्यक रहेको छलफलमा सहभागीको भनाइ थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ५९ बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको