पर्यटकीय गन्तव्य खोज्न म्याग्दी पुगे व्यवसायी « Khabarhub

पर्यटकीय गन्तव्य खोज्न म्याग्दी पुगे व्यवसायी


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धनका लागि पर्यटन बोर्ड र व्यवसायीको टोली सोमबार म्याग्दी आएको छ । नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को टोली म्याग्दीका नयाँ पर्यटकीयस्थलको सम्भाव्यता अध्ययनका लागि आएको हो ।

पर्यटन बोर्डको प्रदेश कार्यालयका प्रबन्धक नवीन पोखरेल, नाटाका प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देल, तारा गौतमसहितको टोलीले नयाँ गन्तव्यको अवलोकन, सरोकारवालासँग अन्तक्र्रिया सुरु गरेको छ ।

बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने टोड्केबाट नयाँ गन्तव्यको अध्ययन सुरु गरेको नाटाका तारा गौतमले बताए । ‘नेपालमा आउने पर्यटकलाई घुमाउने स्थान खोज्न निस्किएका हौँ’, उनले भने, ‘म्याग्दीको टोड्के, मुस्ताङको नाउरीकोट, गुरुसाङबो गुम्बा, भुरतुछो र सेकुङ ताललाई प्रवर्द्धन गर्ने योजना छ ।’

टोलीले पर्यटकीयस्थलहरूको निरीक्षण गरेर पर्यटक ल्याउनका लागि प्याकेज बेच्ने गौतमले बताए । टोलीले बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूसँग छलफल गरेको थियो । छलफलका क्रममा पर्यटन बोर्ड गण्डकीका प्रमुख पोखरेलले छोटिएको पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्य खोजी गरिएको बताए।

सडक विस्तारसँगै पुराना पर्यटकीयस्थलमा आउने पर्यटकको बसाइ छोटिएको पोखरेलले बताए । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल, वरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठले टोड्के, रुइसे, झाँक्रीपानी, लभ्लीहिल, खोपारा, गुर्जा, ताकमकोत, मोहरेडाँडा, मालिकालगायतका स्थल म्याग्दीका नयाँ पर्यटकीयस्थलका रूपमा विकास भएको बताए ।

हिमाल, अग्ला पहाड, झरना, नदीका साथै संस्कृति, ग्रामीण जीवनशैली म्याग्दीका पर्यटकीयस्थलका आकर्षण हुन् । नयाँ पर्यटकीयस्थलमा आवास सुविधाको व्यवस्थापनमा निजी क्षेत्रको लगानी आवश्यक रहेको छलफलमा सहभागीको भनाइ थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ५९ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६