कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने संख्या बढ्यो | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने संख्या बढ्यो


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा शुरू हुँदैछ ।

महाधिवेशनमा सहभागी हुन केन्द्रीय प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ । कांग्रेसले महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिका लागि चार दिनसम्म खाना, खाजा र बासको व्यवस्था मिलाएको छ । काठमाडौं आउन जान भने आफैँले खर्च बेहोर्नुपर्नेछ ।

कांग्रेसमा वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन सकिएको छ । प्रदेश २ अधिवेशन भने महाधिवेशनलगत्तै गर्ने गरी स्थगित गरिएको छ । महाधिवेशन उदघाटन हुन तीन दिन बाँकी हुँदा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने क्रम ह्वात्तै बढेको छ । अधिकांशले आफ्नै जिल्लाबाट र केहीले काठमाडौँमा उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेसमा केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका आकांक्षी धेरै छन् । खासगरी उमेरहदका कारण पनि पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेको संख्या बढेको हो । सभापतिमा ६ जनाभन्दा बढी आकांक्षी देखिएका छन् । जसमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधी, प्रकाशमान सिंह, डा.शेखर कोइराला, कल्याणकुमार गुरुङ छन् ।

देउवाले सोमबार फेरि एकपटक सभापतिमा उठ्ने घोषणा गरेका छन् । पौडेलले आकांक्षा देखाए पनि प्रकाशमान र शेखरका कारण उनको उठ्ने नउठ्ने निश्चित भइसकेको छैन । निधीले त सभापतिमा उठ्ने भनेर सम्पर्क कार्यालय नै खोलेका छन् । सिंहले मंगलबार सम्पर्क कार्यालय खोलेका छन् । गुरुङले पत्रकार सम्मेलन गरेरै सभापतिमा उठ्ने घोषणा गरेका हुन् ।

उपसभापतिमा अहिलेसम्म चन्द्र भण्डारीले मात्र उम्मेदवारी दिने घोषणा गरेका छन् । गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । एनपी साउदले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । तर, घोषणा गरेका छैनन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, बद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका छन् । केही दिनअघि नै पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पाँचथरका नेता भीष्मराज आङ्देम्बेले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । यस्तै, केन्द्रीय सदस्य जीवन परियारले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

केन्द्रमा कस्तो समीकरण बन्छ, त्यहीअनुसार पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भनेर कुर्नेको संख्या पनि त्यत्तिकै छ । सबैभन्दा धेरै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा भएको छ ।

उदयशमशेर राणा, जितजंग बस्नेत, मदन अमात्य, अजय शिवकोटी, रामपल्टन साह, नवराज गुरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १२ : १३ बजे

बडादसैँले ‘समृद्ध लुम्बिनी’को संकल्प पूरा गर्न थप ऊर्जा मिलोस् : मुख्यमन्त्री आचार्य 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व–२०८१ ले ‘समृद्ध

न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा

काठमाडौं– भारतले न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ

कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

सोलुखुम्बु– दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि

काभा पुरुष भलिबल : उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने

काठमाडौं– २० वर्ष मुनिको काभा पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि

दशैँमा फेरि देखिन थाले चर्खे पिङ

बागलुङ– बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकपछि यसपालीको दशैँ चर्खेपिङ