झापा- इलामको माङ्सेबुङ् गाउँपालिका भोटेडाँडामा ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ ।
रविबाट दमकका लागि छुटेको ना ३ ख २०३ नम्बरको ट्रक साँझ ६ बजेतिर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा सह–चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय किरण राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक ताप्लेजुङ डाँडागाउँका २० वर्षीय प्रमोद श्रेष्ठ घाइते भएका छन् ।
प्रतिक्रिया