पोखरामा फुडमाण्डूको सेवा विस्तार | Khabarhub Khabarhub

पोखरामा फुडमाण्डूको सेवा विस्तार


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौँबाहिर पोखरामा सेवा विस्तार गरेको छ ।

कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा विस्तार गरिएको जानकारी दिए ।

ग्राहकको मागलाई ध्यान दिँदै काठमाडौँबाहिर पहिलोपल्ट पोखराबाट सेवा विस्तार गरिएको उनले बताए ।

‘गुणस्तरीय सेवासहित हामी आएका छौँ अब पोखरेलीले अनलाइनबाटै फुडमाण्डूका खानेकुरा अर्डर गर्न सक्नुहुनेछ,’ उनले भने ।

मालीका अनुसार फुडमाण्डूले हाल ३० भन्दा बढी स्थानीय रेष्टुरेन्ट तथा होटलसँग सहकार्य गरेको र यसलाई  विस्तारै बढाउँदै लगिने छ ।

कम्पनीका संस्थापक मनोहर अधिकारीले आफूहरुले पहिलेदेखि नै पोखरामा सेवा विस्तार गर्ने योजना बनाए पनि कोभिड–१९ लगायतका कारणले विस्तारमा ढिला भएको जानकारी दिए ।

‘हामीले २०२० मा नै देशका विभिन्न स्थानमा सेवा विस्तार गर्ने लक्ष्य लिएका थियौँ, तर कोभिड–१९ का कारणले आफ्नो ध्यान अन्य प्रमुख विषयमा केन्द्रित भयो’, उनले भने ।

अधिकारीले सन् २०१० देखि शुरु गरिएको फुडमाण्डूको अनलाइन सेवाले ग्राहकको मन जित्दै गएकाले अब देशका अन्य स्थानबाट पनि सेवा दिने योजनाअनुरूप काठमाडौँबाहिर पोखराबाट शुरु गरिएको बताए ।

सन् २०२१ लाई आफ्नो सेवा विस्तारको वर्षको रूपमा अघि बढाउने योजना रहेको उनले बताए ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ८ : ४५ बजे

अनमोलको खोक्रो स्टारडम्, श्रीकृष्ण बितेको दशकपछि अन्तिम फिल्मले पायो सम्मान

हेडलाइन– अलटाइमा १० करोड ग्रस कलेक्सन कटाउने नेपाली फिल्मको संख्या

एसिसी यु-१६ कप फाइनल : सिंगापुरविरुद्ध बलिङ गर्दै नेपाल, दोस्रो बलमै लियो पहिलो विकेट

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

रामेछाप– आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी

चैते धान बिक्री नहुँदा किसान चिन्तित 

कैलाली– कैलालीको भजनी नगरपालिका– ३ का सन्तलाल चौधरी चैते धान

इङ्गल्यान्डको नाटकीय पारी: ६ डक आउट, भारतविरुद्ध तीन सय रनको साझेदारी

लन्डन – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा २४४ रनको अग्रता लिएको