पार्टी छाडेर भागेका ‘भगौडा’ का कुरा नसुन्नोस् : प्रधानमन्त्री ओली (भिडियोसहित) « Khabarhub

पार्टी छाडेर भागेका ‘भगौडा’ का कुरा नसुन्नोस् : प्रधानमन्त्री ओली (भिडियोसहित)


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली नेकपाकै अर्को समूहका नेताद्वय प्रचण्ड र माधव कुमार नेपाललाई भगौडाको संज्ञा दिएका छन् ।

कैलालीको धनगढी सुदूरपश्चिमस्तरीय जनसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड माधवलाई कटाक्ष गर्दै भगौडाको संज्ञा दिएका हुन् ।

‘तपाईहरूले केही भगौडाहरुको कुरा सुन्नु भएको होला । केन्द्रीय कमिटीको बैठकमा नआएर  सडकमा गए, गाली गरेर, पत्रपत्रिकामा लेखाएर हामी यता छौँ भनेका छन् । उहाँहरूका समर्थकहरू गालीगलौज गरेर  हिँडेका छन्। हामीलाई गाली गर्ने फुर्सद छैन। हामी दन्तबजान गर्दैनौं,’ ओलीले भने ।

भीम रावलले मन्त्री भएको बेला मात्र आफूलाई ठिक भन्ने तर, मन्त्री नबन्दा विरोधी बनेको पनि उनले आरोप लगाए ।

‘बाहिर–बाहिर राष्ट्रवादी देखिने, नक्सा छाप्दा सरकारको विरोध गर्ने । मैले मन्त्री बनाएका बेला मात्र केपी ओली ठिक थियो भन्ने । उहाँलाई पिर पर्‍यो’, ओलीले भने ।

हेरौँ भिडियो

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ३ : ३५ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या